राष्ट्रपति जस्ले ३५,००० महिलासँग यौन सम्बन्ध राखे,


 


क्यारिबियन सागरमा रहेको एक द्धिपीय देश हो क्यूबा, जसका पुर्व राष्ट्रपतिको बारेमा भनिन्छ कि ८२ बर्ष को उमेरसम्म उनले ३५००० महिलाहरुसँग सम्बन्ध बनाएका थिए । यो ब्यक्तिगत विषयको खुलासा उनीमाथी बनेको एक डकुमेन्ट्रिमा गरिएको छ । न्युयोर्क पोस्टले एक अधिकारीलाई हवाला दिदै भनेको थियो कि उनी दैनिक करिब २ जना महिलाहरुसँग सहवास गर्थे । यो सिलसिला करीब चारदशकभन्दा पनि बढि समयसम्म चलेको थियो ।

क्यूबाका यी पुर्व राष्ट्रपतिको नाम हो फिडेल क्यास्ट्रो । सन १९५९ मा क्रान्तिद्धारा अमेरीकी पिट्ठू फुल्गेकिंयो बतिस्ताको तानाशाही लाई उखेलेर फ्याक्दै उनी सत्तामा आएका थिए । उनलाई कम्युनिस्ट क्यूबाका जनकको रुपमा मानिन्छ । २५ नोभेम्बर, २०१६ मा ९० बर्षको उमेरमा उनको निधन भएको थियो ।

फिडेल क्यास्ट्रो ब्रिटेकी महारानी र थाइल्याण्डका राजापछि विश्वको तेस्रो यस्ता राष्ट्राध्यक्ष थिए, जसले सबैभन्दा लामो समयसम्म सत्तामा राज गरे । सन १९५९ देखी १९७६ सम्म उनी क्यूबाका प्रधानमन्त्रि र सन १९७६ देखी २००८ सम्म राष्ट्रपति बनेका थिए ।

फिडेल क्यास्ट्रोको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा समावेश छ । यो रकेर्ड उनले भाषण दिएर बनाएका थिए । २९ सेप्टेम्बर, १९६० मा उनले संयुक्त राष्ट्रमा ४ घण्टा २९ मिनेटसम्म भाषण दिएका थिए । उनले ७ घण्टा १० मिनेटको लामो भाषण क्यूबामा १९८६ मा रेकर्ड गरीएको थियो । यो भाषण उनले हवाना मा कम्युनिस्ट पार्टी कांग्रेसको कार्यक्रममा दिएका थिए ।

क्यास्ट्रोको गाईको नाममा पनि एउटा विश्वरेकर्ड रहेको छ । क्यास्ट्रोको गाई उब्रे ब्लांसा को नाम सबैभन्दा धेरे दुध दिनेको रेकर्ड छ । यो गाईले एक दिनमा ११० लिटर दुध दिन्थ्यो । यो गाई उब्रे ब्लांसाले एक दिनमा ११० लिटर दुध दिएर गिनिज वुक अफ वल्र्ड रेकर्डमा आफनो नाम दर्ता गराएको थियो ।

क्यास्ट्रोले आफुलाई ६०० भन्दा बढि पटक हत्याको प्रयास भएको दावी गरेका थिए । यसको लागी उनले मुख्य रुपमा अमेरीकी सेन्ट्रल इंटेलिजेन्स एजेन्सिलाई जिम्मेदार ठहराएका थिए । उनको हत्याको लागी विषालु औषधि, विषालु चुरोट, विस्फोटक र विषालु पाउडरदेखी लिएर सबैजसो चीजको प्रयोग गरीएको थियो ।

प्रकाशित मिति: २५ फाल्गुन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्