२५ प्रहरी पुरस्कृत, २३ कारबाहीमा


 


भाेजपुर, पुस २४

जिल्ला प्रहरी कार्यालय भोजपुरले २५ जना प्रहरीलाई पुरस्कृत गरेको छ । त्यस्तै २३ प्रहरी कारबाहीका परेका छन् । गाँजा फडानी र फरार अभियुक्त प्रकाउमा उत्कृष्ट काम गरेका प्रहरीलाई पुरस्कृत गरिएको प्रहरी नायब उपरिक्षक राज कुमार लम्सालले देशकाेन्युजलाई बताए ।

भोजपुर प्रहरीले गत भदौबाट फरार अभियुक्त प्रकाउ र गाँजा फडानीलाई विशेष प्राथमिकता दिएर काम गरिरहेको छ । अहिलेसम्म एक सय २२ फरार अभियुक्त प्रकाउ परिसकेका छन् भने तीन सय ३७ राेपनी क्षेत्रकाे गाजा फडानी भएकाे छ । यसरी पुरस्कृत हुने प्रहरीहरुमा प्रहरी निरिक्षक एक जना, प्रहरी नायब निरिक्षक दुई जना, प्रहरी सहायक निरिक्षक छ जना, प्रहरी हवल्दार ५ जना र प्रहरी जवान १० जना रहेका छन् ।

उनिहरुलाई नगद पुरस्कार वितरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरले २३ जना प्रहरीलाई कारबाही गरेको छ । प्रहरी आचरण विपरित काम गर्ने २२ जना प्रहरीलाई अभिलेखजन्य कारबाही र एक जनालाई सख्त चेतावनी दिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

यसरी कारबाही पर्नेहरुमा प्रहरी नायब निरिक्षक दुई, प्रहरी सहायक निरिक्षक दुई, प्रहरी हवल्दार ५, प्रहरी जवान १२ प्रहरी कार्यालय सहयोगी एक जना अभिलेखजन्य कारबाहीमा परेका हुन् । त्यस्तै एक जना प्रहरी निरीक्षक सख्त चेतावनीको कारबाहीमा परेका छन् ।

प्रकाशित मिति: २४ पुस २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्