कस्तो अचम्मको मन्दिर, जहाँ भुइँमा सुत्दा महिला ‘गर्भवती’
एजेन्सी मेडिकल उपाय नलागेपछि प्रायः मानिसहरू सन्तानका लागि मन्दिर जाने गर्छन् । यहाँ हामी यस्तो मन्दिरको बारेमा कुरा गर्दैछौं जहाँ जाँदा सन्तान सुख प्राप्त हुने मान्यता छ ।
भारतको हिमाचल प्रदेशको मन्डी जिल्लामा सिमस गाउँ छ । त्यहाँ रहेको सिमसा देवीको मन्दिरको भुइँमा सुत्ने निःसन्तान महिलाले सन्तान पाउने प्रसिद्धि छ ।
त्यसरी सुत्ने महिलालाई देवी माताले आफैं आएर आशीर्वाद दिने मान्यता छ । त्यसैले टाढाटाढाबाट निःसन्तान महिलाहरू यो विशेष भुइँमा सुत्न आउँछन् । सन्तानदात्री देवीको मन्दिर भनेर पनि यसको नाम प्रसिद्ध छ ।
यहाँ सलिन्दरा नवरात्र उत्सव मनाइन्छ जसको अर्थ हुन्छ सपनामा आउने । यस मन्दिरको भुइँमा सुत्दा देवीले सपनामा महिलालाई सन्तानको आशीर्वाद दिन्छिन् भन्ने विश्वास गरिन्छ ।
प्रकाशित मिति: २५ फाल्गुन २०७५, शनिबार