पतिको मृत्यु पछि अवैध यौन सम्बन्धले आफ्नै छोराको काल बनेर यसरी आइन् आमा


 


एजेन्सी पछिल्ला दिनहरुमा समाजका अनेक प्रकारका अपराधका घटनाहरु बाहिर आइरहेका छन् । समाजमा भएका अधिकांश घटनाहरुमा अवैंध सम्बन्धको ठुलो हात रहेको पाइएको छ । हरेक दिन हत्या, हिंसा, बलात्कार जस्ता कुराहरुबाट पिल्सिएको समाज यी र यस्ता कुराहरुबाट माथि उठ्न सकेको छैन ।

पश्चिमा देशहरुमा यौन सम्बन्ध भारत लगायतका देशहरुमा भएको जत्ति साँघुरो छैन । नेपाल, भारत, लगायत पुर्वीय दर्शनमा हुर्किएका देशहरुमा अवैध सम्बन्ध एक प्रकारको अपराध हो । तर शहरी क्षेत्रहरुमा पछिल्ला दिनहरुमा अवैध यौन व्यवसाय चलिरहेको विभिन्न अध्यनहरुले देखाएका छन् ।

यसलाई सरकारले वैध मानेर काकुनी रुपमा लैजान सकेमा राज्यलाई ठुलो फाइदा हुने केही जानकारहरु दावी गर्दछन् । हामी यहाँ अवैध सम्बधको कुरा यसकारण गर्न गइरहेका छौं कि यस्तैं सम्बन्धका कारण आफ्नैं आमाले एक जवान छोराको हत्या गरेको खबर सार्वजनिक भएको छ । भारतको हरियाणा राज्यको रोहतकमा एक युवकसँगको अन्धो प्रेमले एक आमाले २१ वर्षका छोरा प्रमोदको हत्या गरेकी हुन् ।

उनका श्रीमानको मृत्यु भएको केही वर्ष बितेको छ । उनी आफ्नैं छोराको साथीसँग अवैध सम्बन्धमा रहेको र छोरालाई थाहा हुँदा समस्या हुनसक्ने भएका हुनाले आफ्नैं आँखा अगाडी हत्या गराएकी हुन् ।

आज भन्दा नौ दिन पहिले भएको घटनालाई लिएर प्रहरीले अनुसन्धान थालेको छ । अहिले प्रमोदकी आमा, उनका प्रेमी र अर्को एकजना प्रहरी हिरासतमा रहेका छन् । उनले घरमा छोरा मार्नको लागी आफ्नो प्रेमीलाई प्रयोग गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: २५ फाल्गुन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्