भारतलाई पाकिस्तानी प्रधानमन्त्रीको चेतावनी


 


काठमाडौं फागुन २५

अहिले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको बौद्धिकतालाई लिएर अनेक ब्याख्या हुने गरेका छन् । उहाँको व्यक्तित्व र सोचलाई लिएर नेपाल लगायत विश्वभर चर्चा चुलिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गरेर आफुले कश्मीरमा शान्ति कायम गर्न चाहेको उहाँको जिकिर रहेको छ ।

हालैं सयौंको संख्यामा आतंकवादी संगठनलाई आफ्नो कब्जामा लिएरका खानले पाकिस्तान आतंकवादका लागि उपयुक्त नभएको जनाउँनु भएको छ । भारत र पाकिस्तनबीच चलिरहेको तनावपूर्ण स्थितीमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो देशको माटोलाई अन्य देशमा चरमपन्थ फैलाउनका लागि प्रयोग हुन नदिने जनाउँनु भएको हो ।

सिन्धुमा आयोजित एक र्यालीमा उहाँले भारतीय प्रधानमन्त्री मोदीमाथि हमला गर्दै भन्नुभयो, ‘घृणाको राजनीति मानिसहरुको भोटको लागि बाँड्न निकै सजिलो छ ।’ उहाँले नरेन्द्र मोदीले घृणाको राजनीति गर्ने गरेको आरोप लगाउँनु भएको छ । उहाँले नेताले घृणा फैलाउने काम गरेमा कार्यकर्ताले पनि त्यही सिको गर्ने जनाउँनुभयो ।

पुलवामा हमलापछि भारतमा कश्मिरीहरुमाथि दुव्र्यवहार गरिएको समेत्त उहाँले जिकिर गर्नुभयो । उहाँले एक फरक प्रशंगमा यदी भारतले पाकिस्तानमा आक्रमण गर्ने सोच्दैं गरेको भए १० पटक सोच्न चेतावनी दिनु भएको छ । देश र जनताको लागि आफु र आफ्नो सरकार प्रतिबद्ध भएको भन्दै यदि पाकिस्तानमाथी हमला गर्छु भन्ने भारतको मोदी सरकारले सोचेको भए पलभरमा खरानी बनाउँने उहाँको धम्कीपूर्ण भाषण अहिले भाइरल बनेको छ ।

प्रकाशित मिति: २५ फाल्गुन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्