कश्मिरमा चरमपन्थीद्वारा सेनाको जवान अपहृत
बीबीसी जम्मु–कश्मिरको बडगाम जिल्लामा बस्ने भारतीय सेनाका एक जवानलाई चरमपन्थीले अपहरण गरेको बीबीसीले बताएको छ ।
बीबीसीका अनुसार मोहम्मद यासिन भट्ट एक महिनाको छुट्टीमा आफ्नो घर गएका बेला शुक्रबार चरमपन्थीले हतियार देखाएर उनलाई आफूसँगै लिएर गए ।
पुलिस अधिकारीका अनुसार यासिनाको खोजी जारी छ ।
पुलिसले भनेको छ, ‘उनलाई उनको बडगामको काजीपोरास्थित घरबाट हतियारधारी केही अज्ञात व्यक्तिले अपहरण गरेका हुन् । उनी फेब्रुअरीदेखि मार्च ३० सम्म छुट्टीमा थिए ।’
गत वर्ष जूनमा भारतीय सेनाका जवान औरंगबेजलाई पनि छुट्टीको क्रममा घरबाट अपहरण गरिएको थियो । पछि उनको शव भेटिएको थियो ।
प्रकाशित मिति: २५ फाल्गुन २०७५, शनिबार