सिके राउतले छाडे छुट्टै राज्यको माग, सरकारसँग ११ बुँदे सहमति


 


काठमाडौँ, फागुन २४

छुट्टै मधेश राज्यको माग राखेर आन्दोलन गर्दै आएको सिके राउत नेतृत्वको संगठन स्वतन्त्र मधेश अभियान र सरकारबीच ११ बुँदे सहमति भएको छ । सो सहमतिको घोषणा आज राष्ट्रिय सभागृहमा भएको हो ।

दुई पक्षबीच भएको सहमतिमा उक्त संगठनका प्रमुख तथा नेता–कार्यकर्ताविरुद्ध लागेका मुद्दा फिर्ता लिने हिरासतमा रहेका सबै कार्यकर्ता निःसर्त रिहा गर्ने, संगठनले विखण्डनकारी कार्यक्रम रोक्ने, मूलधारको राजनीतिमा अवरोध खडा नगरिने, प्रहरी हिरासतमा मृत्यु भएका राममनोहर यादवको परिवारलाई क्षतिपुर्ति र परिवारका एकजनालाई रोजगारी दिनेलगायत बुँदा छन् ।

सहमतिमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा र सिके राउतले हस्ताक्षर गरेका छन् । सहमतिलाई आजै बसेको नेकपा सचिवालय बैठकले अनुमोदन गरेको सचिवालय सदस्य झलनाथ खनालले जानकारी दिनुभयो । सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले सहमतिबारे ब्रिफिङ गरेका थिए ।

प्रकाशित मिति: २४ फाल्गुन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्