सिके राउत नेकपा प्रवेशको तयारी आजैबाट पृथकतावादी गतिविधि परित्याग गर्ने


 


काठमाडौं फागुन २४
स्वतन्त्र मधेसको एजेण्डासहित आन्दोलनरत सिके राउतले आफुले नेतृत्व गरेको स्वतन्त्र मधेस गठनबन्धन बिघंठन गरि नेकपा प्रवेशको तयारी गरेका छन ।
आजै दिउँसो गठबन्धन बिघंठन गर्ने तयारी भएको राउत निकट स्रोतले जानकारी दिएको छ ।

राज्यद्रोहको मुद्दामा हिरासतमा रहेका राउत र नेकपाको नेतृत्वबीच भित्रभित्रै भएको वार्तामा राउतले पृथकतावादी गतिविधि परित्याग गर्न आफुले नेतृत्व गरेको पार्टी समेत बिघठन गरि नेकपा प्रवेश गर्ने सहमति भएको थियो ।

समाचार स्रोतका अनुसार आज प्रधानमन्त्रीसहित नेकपाका शिर्ष नेताहरुको उपस्थितीमा स्वतन्त्र मधेश गठबन्धनको बिघंठन गर्ने तर नेकपामा राउतलाई दिने जिम्मेवारीको बिषयमा सहमति नजुटेका कारण पार्टी प्रवेशको घोषणा अर्को हप्ता गर्ने तयारी छ । अपरान्ह १ बजे राष्ट्रियसभागृहबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्दै सिके राउतको पृथकतावादी गतिविधि समाप्त भएको घोषणा गर्ने भएका छन् ।

प्रकाशित मिति: २४ फाल्गुन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्