हेलिकोप्टरमा नयाँ नियम, बेन्चसिट काट्ने निर्णय


 


काठमाडौं २४ फागुन
ताप्लेजुङमा पर्यटानमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको ज्यान जानेगरी भएको हेलिकोप्टर दुर्घटनापछि नागरिक उड्डयन प्राधिकरणले नयाँ नियम ल्याएको छ । प्राधिकरणले हेलिकोप्टरको अगाडिको एउटा सिट निकाल्न सम्बन्धित कम्पनीलाई निर्देशन दिएको हो ।

पछिल्लो समय हेलिकप्टरहरुले जथाभावी यात्रु बोक्न थालेको भन्दै हेलिकप्टर सेवाप्रदायकको सहमतिमै आबाट प्रत्येक हेलिकप्टरबाट सिट हटाउन निर्देशन दिएको छ ।

राम्रो मौसम र सुगम ठाउँमा उड्नका लागि उपयुक्त हुने सुविधा स्वरुप उपलब्ध सिटको दुरुपयोग भएको भन्दै पाइलट छेउको सिट हटाउन नियमक र सेवाप्रदायक सहमत भएका छन् ।

पाइलटको छेउमा हुने सिट(बेन्चसिट) काट्ने निर्णय भएको छ । मौसम, उडान सुरक्षाका विषयमा सेवाप्रदायकहरुले अपनाउनुपर्ने सतर्कतामा कुनै पनि कसर बाँकी नराख्न प्राधिकरणले सचेत गराएको थियो ।

प्रकाशित मिति: २४ फाल्गुन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्