भाेजपुरमा विप्लव माअाेवादी संगठन विस्तार गर्दे


 


भाेजपुर, पुस २३

विप्लव नेतृत्वको नेकपा माओबादी निकट अखिल क्रान्तिकारीले भोजपुरको उत्तरी क्षेत्रका विभिन्न विद्यालयहरुमा संगठन विस्तार गरेको छ । सावित्रा उच्च मावि कुदाककाउलेमा गणेश खतिवडाकाे अध्यक्षतामा १७, सदस्यिय मावि इकाई कमिटि र भुपाल गुरुङको अध्यक्षतामा ११ सदस्यिय उच्च मावि इकाइ कमिटी  गठन गरेकाे छ।

त्यस्तै जाल्पा उच्च मावि चौकीडाँडामा फडिन्द्र घलेको अध्यक्षतामा १५ सदस्य इकाई कमिटी, विरेन्द्र उच्च मावि कुलुङमा आयुष बुढाथोकीको अध्यक्षतामा २५ सदस्य इकाई कमिटी गठन गरेको छ । पार्टी जिल्ला सेक्रेटरी मादेन किराती, क्रान्तिकारीका जिल्ला संयोजक तिलक गुरुङ युवा जन स्वयमसेवक सगरमाथा उप व्युरोका संयोजक पुष्प चौलागाई लगायतको सहभागीतामा संगठन विस्तार भएको माओबादीका जिल्ला सदस्य दिनेश खत्रीले जानकारी दिए ।

प्रकाशित मिति: २३ पुस २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्