कोरियन नागरिताको लोभमा कोरियन सग बिहे गर्ने नेपाली युवतीको यसरी भयो बिचल्ली
२ वर्षको भिषा भैहाल्छ । त्यसपछि त्यहाँको नागरिकताको लागि आवेदन दिन पाइन्छ । तपाइ त्यहिँको नागरिक भएपछि जे गरेपनि हुन्छ । यदि तपाइलाई ऊ (विवाह गर्न लागेको पुरुष) सँग बस्न मन नलागे कोरिया पुग्ने वित्तिकै भागेपनि हुन्छ ।’म्यारिज ब्युरोका दलालबाट बारम्बार यस्ता कुरा सुनेपछि उनको मन लोभियो । र होकी जस्तो पनि लाग्यो । अनि देख्न थालिन ठूलठूला सपना, आशा र आकांक्षा । र ती कोरियन पुरुषसंग विवाह गर्न तत्पर भइन् । विहे पनि गरिन् । लगत्तै कोरिया आइन् ।
एक दुइदिन उनी सफा र सुन्दर ठाँउ, अग्लाअग्ला महल, चिल्ला सडक, चिटिक्क परेका सफा पहिरनका मान्छेहरुको आसपास बसिन् । त्यो देख्दा उनी छक्क परिन् । र आफूलाई संसारकै एक भाग्यमानी महिला ठानिन् र त्यो दलाललाई मनमनै धन्यबाद दिइन् ।‘पछि थाहा भयो । त्यो त धेरै टाढाको शहर रहेछ । म त कति टाढा गाउँको एकान्तमा आइपुगेछु । न शहरको रमझम, न चिल्ला सडक गाडी, न मान्छेको भिड, न त आँफूले बोलेको बुझ्ने संगी ।’
उनि एकोहोरो भन्दै गइन् । ‘मत एकोहोरो बौलाही जस्तै लाटि भएकी थिए । न भाषा बुझ्न सक्छु । न त यहाँको खानाको परिकार बनाउन सक्छु । न खाना जान्दछु न त यहाँको सस्कार । तैपनि, दिनहरु बित्दै वित्दै गए । पाल्तु जनावर जस्तै भएकी मेरो एक छोरा भयो ।’‘सुरुका दिनमा भाषा र रहनसहन चाल नपाउँदा सम्बन्ध ठिकैठिकै भएपनि जब अलिअलि भाषा र चालचलन बुझ्दै जान थालें तब पारिवारीक सम्बन्धमा उतारचढाब आउन थाल्यो ।’
भाषा, रहन सहन, संस्कृति नमिलेपछि श्रीमान सँग हुने साना तिना झगडामा उनि आफुलाई दवाउदै सहेर वस्ने गरेको सुनाइन् । र कतिपटक मर्नेप्रयास समेत गरेको बताइन् ।‘श्रीमानको हेपाई, तिरस्कार कुटपिटले मैले आफ्नो जिन्दगी नरकिय भएको ठाँने ।’ बास्तविकतामा मैले सोचेको कोरिया र भोगेको कोरियामा धेरै फरक रहेछ । अनि त जिन्दगी देखि नै घृणा लागेर आउन थाल्यो । ’
केही वर्षपछि श्रीमानलाई छाडेर उनी छुट्टै बस्न थालिन । र एक मझौला कम्पनीमा काम गर्न थालिन् । आफुले काम गर्ने कम्पनीको एक कोरियन नागरिकसँगको आउजाउ बढन् थाल्यो। अन्ततस् उनीहरुको सम्बन्ध प्रेमीप्रेमीकामा परिणत भयो ।
उनी सम्झन्छिन् । ‘ऊ विवाहित रहेछ । आफ्नो स्वार्थपुरागरेपछि मलाई छोडिदियो । मैले त्यो बुढो श्रीमान्लाई छोडिदिए । उसले मलाई छोडिदियो ।’उनीहरुको सम्बन्धमा बीचबीचमा मनमुटाब भइरहन्थ्यो । झगडाको रिसमा त्यो पुरुषले अध्यागमनमा उजुरी दिइ पक्राउ गर्न लगायो । केही वर्ष अगाडि कोरिया आएर केही महिना अगाडिदेखि अवैधानिक भएकी उनी अन्तत ः अवैधानिकको हैसियतमा केहि दिन अवैधानिक आप्रवाशी बन्दीगृहमा बसि गत जुलाईमा नेपाल फर्किइन् ।
‘कुनैपनि लोभ, लालच र प्रलोभनमा परी विदेशी पुरुषसंग कोही नेपाली महिलाहरुले अन्जानमै विवाह नगर्नुहोला । यदि गर्नुनै छ भने–विवाह गर्ने पुरुषको इनकम, काम, घरबार, बानीव्यहोरा र उक्त देशको भाषा, रहनसहन, संस्कार, कानुन बुझ्नुहोला ।’ जादाँजादै उनले भनिन् ।
पहिलाको श्रीमानले उनलाई घरबाट निकालिदिएको र आफूखुशी डिभोर्स पेपर पनि बनाएर दिएको दिएको रहेछ । भिषा भइन्जेल त केहि समस्या भएन । त्यसपछि कता के गर्ने उनलाई केहि जानकारी नभएकाले उनि अवैधानिक बन्न पुगिन ।
सामाजिक सञ्जालमा देखिने खिचिएका तस्विर, अनि आर्कषक कमाइको कुराले मध्ययमवर्गिय नेपालीलाई कोरिया मोहले लोभ्याउछ । त्यहि लोभ्याइमा परेर म्यारिज ब्युरो मार्फत लाखौं रुपैयाँ तिरेर अन्जान विदेशी पुरुषसँग अधिकासं नेपाली महिलाहरु फस्छन् ।तर विवाह गरी आएका महिलाहरु सबैले भने उनले जस्तै दुख पाएका छैनन् । कतिपयको राम्रो भएको पनि पाइएको छ ।
त्यसरीनै फसेर नांगै फुत्किएकी छन् ती महिला । जो विना भाषा, रहन–सहन, सस्कृति कुनै कुरामा मेल नखाने त्यहीमाथि उमेर ढल्केको कोरियन वृद्ध पुरुषसँग विवाह गरी आएकी थिइन् ।
गत डिसेम्वरमा उनको भिषा समाप्त भएको रहेछ । भिषा नभएपछि उनलाई कोरिया बस्न कानुनले दिएन अनि आफ्नो बच्चा छाडेर नेपाल फर्किनुप¥यो ।‘कोरियामा बच्चा भएको विदेशी महिलाले यहाँको नागरिकता नपाएपनि भिषा पाउछन् । महिनाको १,२ पटक बच्चा हेर्न पाउने महिलाको अधिकार हुन्छ ।’ केहि वर्षदेखि भाषा अनुवादका रुपमा काम गर्दै आएका मुक्त गुरुङले भने ।
उनि अवैधानिक भएकै कारण २ वर्षसम्म कोरिया आउन नपाउने तर बच्चाको कारणले २ वर्ष पछि भने आउन पाउने गरि सोहि अनुसारको ब्यवस्था मिलाइ कागजपत्र बनाएर पठाएको गुरुङले बताए ।
हाल नेपाल सरकारले वैवाहिक भिषा मार्फत कोरिया जाने नेपालीहरुको लागि कडाइ गरेपनि नेपाली चेलीहरु कोरिया आउने क्रम भने रोकिएको छैन । ति नेपाली चेलीहरु भारतको बाटो हुदै बैवाहिक भिषामा कोरिया आउने गर्छन् ।निकुन्ज तिवारीको बल्ग बाट२ वर्षको भिषा भैहाल्छ । त्यसपछि त्यहाँको नागरिकताको लागि आवेदन दिन पाइन्छ । तपाइ त्यहिँको नागरिक भएपछि जे गरेपनि हुन्छ ।
प्रकाशित मिति: २४ फाल्गुन २०७५, शुक्रबार