नारी दिवस : औपचारीकता भन्दा उपलब्धिमूलक बनाउँ


 


अर्जुन दुङमाली राई

मार्च ८ अर्थात अन्तर्राष्ट्रिय महिला दिवस वा नारी दिवस नेपाली महिलाहरुद्वारा पर्वकै रुपमा मनाउने गरीन्छ ।पछिल्लो केही वर्ष यता यसको क्रम अझ बढ््दो क्रममा रहेको देखिन्छ ।यो वर्ष १०९औं अन्तर्राष्ट्रिय महिला दिवस शुक्रबार मनाउने तयारी भइरहेको छ ।नेपाली महिलाहरुमा जागरणको निम्तिनेपाल सरकारद्वारा सार्वजानिक विदाको व्यवस्था गरिएको छ । आजकल विश्वभर मनाइने यो दिवस विशेषत महिला अधिकार र स्वतन्त्रताको प्रत्याभूतिसँग सम्बन्ध राख्दछ । विश्वभरका सम्पूर्ण महिलाहरुमा सशक्तिकरणको जागरण ल्याउने अभिप्रायले महिलालाई मताधिकार र व्यक्तिगत स्वतन्त्रताको सुनिश्तिता गरिएको सन्दर्भमा यो दिवस मनाउन शुरुवात भएको इतिहास पाइन्छ ।

संयुक्त राष्ट्र संघद्वारा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने निर्णय गरेसँगै सन १९०९ मा पहिलो पटक यो दिवस मनाइएको थियो । महिला दिवस शुरुवाती केही वर्ष सम्म एउटै खास दिनमा मनाउने गरिएको पाइन्न । सन १९१४ देखि भने हरेक वर्ष मार्च महिनाको ८ तारिखका दिन मनाउने भनि निश्चित मिति निर्धारण गरिएको हो । नेपालमा भने वि.सं. २०१६ सालदेखि महिला दिवस मनाउन थालिएको हो ।

आजकल विश्वका प्राय सबैजसो मुलुकहरुमा यो दिवसलाई विशेषत महिलाहरुले उल्लासमय पर्वको रुपमा मनाउने गरिएको छ । नेपालमा नारी दिवस मनाइरहँदा र विगतका केही सन्दर्भहरुलाई विश्लेषण गर्दा विगत केही वर्ष यता गाउँवस्तीहरुमा समेत नारी दिवसलाई सकेसम्म औपचारिक रुपमा मनाउने प्रचलन बढ््दो क्रममा रहेको छ । यस्ता कार्यक्रमहरुले महिला आमा–दिदी–बहिनीहरुको क्रियाशिलता थोरबहुत बढोत्तरी गराउन सफल भएको छ । यो ज्यादै सकारात्मक पक्ष हो ।

महिला दिवसको अवसरमासरकारी निकायहरु तथा गैरसरकारी संघसंस्थाहरुको आर्थिक सहयोगमागाउँ–शहर सर्वत्रमहिला, बालिका–वृद्धा भेला पारेर एक दिवसीयकार्यक्रमहरु आयोजना भइरहँदा वर्षभरी उनीहरुका हक अधिकार, सुरक्षा, सशक्तिकरणको सन्दर्भमा के कति प्रयास,बहस भए वा गरीनछन्् ?भन्ने सवाल बारम्बार उठ््ने गरेको छ ।

महिला दिवसको दिन कलिला बालबालिका देखि वृद्धा अवस्थाका हजुरआमाहरुलाई समेत सरीक गराएर नारा लगाउँदै¥यालीमा सहभागी गराउँने अनि उपस्थित हुनसंभव भएसम्मका उच्च ओहोदाका पदाधिकारीहरुलाई आमन्त्रण गरीऔपचारिक कार्यक्रम आयोजना गरी महिला हक, अधिकार र स्वतन्त्रताको विषयमा भाषणवाजी गर्ने प्रचलन नेपालमा व्यप्त भइसकेको छ ।यस्ता कार्यक्रहरुमा ठूलै रासीको सरकारी रकम खर्च गर्ने प्रचलन बढ््दो छ ।कार्यक्रममा सकेसम्म रंगीबिरंगी खादा वा फूलमाला अनि अबीर घसेर फोटो सेसन र अन्त्यमा सामाजिक सञ्जालमा फोटाहरु पोष्ट गरिए पश्चात सकिन्छ, एक वर्ष दिनको निम्ति नारी दिवस वा अन्तर्राष्ट्रिय महिला दिवस ।

यस लेखको आशय नारी दिवस मनाउनुको विरोध वा मनाइँदै आइएको प्रवृत्तिमा पूर्णत असन्तुष्टि भन्दा पनि यसलाई थप सान्दर्भिक तथा उपलब्धिमूलक बनाउँन तर्फ लक्षित छ । विगतको हाम्रो जुन तवरले मनाउने तौर तरीका छ त्यसमाथोरै सिर्जनशीलता थप गरीयस्ता कार्यक्रहरुलाई मनाउने तर्फ सम्बन्धित सबै पक्षको ध्यान जानु जरुरी छ । वर्षदिनमा सालिन्ने आउँने पर्वको रुपमा औपचारिकता पूरा गर्नका निम्ति मात्र महिला दिवस मनाइनुविलकुल खराब सावित हुनजान्छ । यसले लाभ भन्दा धेरै सरकारी धन र आम महिलाहरुको समय बर्वदीको मात्र बढाउँन सक्दछ ।

त्यसैगरी वर्षभरी महिला–बालिकाहरुको समस्याका बारेमा बेखवर हुने अनि चुँ सम्म आवाज ननिकाल्ने अनि नारी दिवसको दिन महिला अधिकारको बारेमा माइकमा ठूलो आवाज बुलन्द गर्ने परीपाटीको हाबी रहँदै आएको देखिन्छ । आइपरेको समस्याहरुमा समेत पक्ष–विपक्षमा लागेर थप जटिल पार्ने काममा सक्रिय महिलाहरु नै नारी दिवसको ¥यालीमा ब्यानरसँगै अग्रपंतिमा देखा पर्दछन्् । अनि मञ्चको अग्रभागका सीटहरु तिनैले ओगट््दछन्् । अनि ठूला ठूला स्वरमा उनीहरुकै भाषण सालिन्ने सुन्नुपर्ने वाध्यत्मक परिस्थितिको अन्त्य गरी सर्वसाधारण महिलाहरुको आवाज सुन्ने सुनाउने वातावरण सिर्जना गर्नु अवको आवश्यकता र समयको माग भएको छ ।

खासगरी गाउँटोलमामहिला दिवसका कार्यक्रमहरुलाई थप प्रभावकारी बनाउनु आवश्यक छ । जो सक्षम छ, जो जान्दछ, त्यही अगुवा हुने गर्दछ । तिनै अगुवाहरु मञ्चमा उभिएर लामो समय सम्म पट््यारलाग्दो भाषण सुनाउने भन्दा पनि अधिकतम सर्वसाधारण महिलाहरु बोल्ने, आफ््ना मनका कुराहरुराख्ने अवसर दिइनु प्रभावकारी हुन सक्दछ । गाउँका घरगृहस्थमै व्यस्त हुने हाम्रा दिदीवहिनीले यति अवसर मात्र पाउँदा पनि ठूलो सुखद उपलब्धिमूलक अनूभूत गर्नुका साथै विस्तारै क्षमता विकासमा समेत टेवा पुग्नेछ ।अरुबेलासमय नपाउनेहरुलाई अवसर दिइनु फलदायी हुनेछ ।

स्थानीय स्तरमा असल काम गरेका वा प्रयास गर्ने महिलाहरुलाई फूलमाला मात्र लगाइदिएर भए पनि सम्मान गर्ने परिपाटीको शुरुवात गर्न सकेमा प्रभावकारी हुन सक्दछ । सर्वसाधारण नारीहरुलाई आफ््ना अनूभूतिहरु सबैसामू राख्ने मौका दिइनु प्रभावकारी हुनेछ । पहुँचवालाको मात्र बोलवाला हुने प्रवृत्तिलाई न्यूनीकरण गरीदै लैजानु बेस हुन्छ । त्यसो त कार्यक्रम नै पहुँवालाहरुले आयोजना गर्ने गरीन्छ । तथापि, जो पहुँच बाहिर छन््, जसको आवाज आफैभित्र मात्र सीमित छ, सीमान्तकृतहरुको निम्ति समर्पित कार्यक्रमहरु आयोजना गरीनु पर्दछ ।

महिला बालबालिकाहरु सशक्तिकरणको निम्ति सिन्को नभाँच्ने अनि ठूलठूला कुरा मात्र गर्ने महिलाहरुकै कारण आम सर्वसाधारण महिलाहरुलाई पिडा थपिन सक्दछ । महिलाको नाउँमा विनियोजित सरकरी बजेटहरुमा हालिमुहाली गर्ने थोरैजन नै सदा सर्वेसर्व भइदिँदा अन्य धेरैजनलाई नकारात्मक प्रभाव पर्न सक्दछ । आजका प्रमुख आवश्यकता हरेक महिलाहरुलाई व्यक्तिगत स्वतन्त्रता र अधिकारको सुनिश्तितासँगै स्वविवेकले आफ्नो वृत्तिविकास गर्न सक्षम हुने अवसर हो । कोही कसैबाट दमित वा भ्रम्रित पािरएको स्थिति महसुस कसैले गरीनु हुन्न ।

विगतमा जिल्ला–जल्लामा रहेका महिला विकास कार्यालयहरुको अगुवाइ अनि स्थानीय महिलाहरुको आमा समूह, महिला समूह, महिलाहरुको विभिन्न संघ–संगठनहरुको सक्रियतामा महिला दिवसलाई मनाउने क्रममा तीव्रता आएको पाइन्छ । अबका दिनमा स्थानीय सरकारको काँधमा यो जिम्मेवारी आइ लागेको देखिन्छ । मुलुक संघीय शासन प्रणालीमा सञ्चालन भएसँगै महिला अधिकार एवम्् सशक्तिकरणका कार्यक्रमहरु स्थानीय सरकार मार्फत गर्न सकेमा ज्यादै प्रभावकारी हुने देखिन्छ । स्थानीय आवश्यकता पहिचान गरी महिलामैत्री विविध रचनात्मक कार्यक्रमहरु महिला दिवसको अवसरमा ल्याइनु पर्दछ । जसले गर्दा आम आमा–दिदी–बहिनीहरुको जीवनभरको निम्ति प्रभावशाली सक्षमता विकासमा सकरात्मक टेवा पु¥याउन सकियोस न की सालिन्ने एक दिने तामझामको तीज जस्तोकार्यक्रम । यस तर्फ सबैको ध्यान जानु आवश्यक छ ।

प्रकाशित मिति: २४ फाल्गुन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्