देउवाको गुनासोः जथाभावी नबोल्न जति सम्झाउँदा पनि शेखरले टेरेनन्
विराटनगर, फागुन २४
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता शेखर कोइरालालाई आफूले जथाभावी नबोल्न सम्झाएको भए पनि उनले अटेर नटेरेको बताए ।
विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘शेखरजीलाई मैले दुइपल्ट भेटेरै सम्झाएको थिएँ तर, उहाँ रोकिनुभएन । त्यही भएर मैले जवाफ दिएको हुँ ।’ नेतृत्वमा कोइराला आउनै नपाउने, चुनावमा उठ्नै नपाउने कुरा आफूले नगरेको पनि देउवाले बताए । यो समाचार आजको नेपाल समाचारपत्रमा सरोज यादवले लेखेका छन् ।
नेता कोइरालालाई अनुशासनको कारबाही हुन्छ त रु भन्ने सञ्चारकर्मीको जिज्ञाशामा देउवाले कांग्रेसमा कसैले बोल्दैमा कारबाही नहुने स्पष्ट पारे । उनले पार्टीको चौधौँ महाधिवेशन समयमै हुने दाबी गरे ।
प्रकाशित मिति: २४ फाल्गुन २०७५, शुक्रबार