२१ वर्षीया टिभी स्टार विश्वकै सबैभन्दा कम उमेरकी अरबपति, विनोद चौधरी कतिऔं स्थानमा !!


 


काठमाडौं, २३ फागुन
रियालिटी टिभी स्टार तथा कस्मेटिक्स कम्पनीकी सञ्चालिका काइली जेनेर दुनियाँकी सबैभन्दा कम उमेरकी सेल्फ मेड (आफ्नै बलमा) अरबपति बनेकी छिन् ।

फोब्र्स बिलयेनियर लिस्टको अनुसार, यो जानकारी प्राप्त भएको हो । वेवसाइट बीबीसी डटकम का अनुसार, २१ वर्षीय रियालिटी टिभी स्टार काइली कस्मेटिक्सकी संस्थापक हुन् । उनको तीन वर्ष पुरानो व्यापारले गतवर्ष ३६ करोड अमेरिकी डलर बराबरको सौन्दर्य उत्पादन बिक्री गरेको थियो ।

काइलीले सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई पनि पछाडि पारेकी छिन्, मार्क २३ वर्षको उमेरमा अरबपति बनेका थिए ।” मैले कुनै पनि चीजको अपेक्षा गरेको थिइन । मैले भविष्यलाई लिएर कुनै आश गरेको थिइन तर वास्तवमा राम्रो लागिरहेको छ,” काइलीले भनिन् ।

अरबपतिको सूचिमा पहिलो नम्बरमा अमेजनका संस्थापक जफ बेजोस पहिलो नम्बरमा छन् । फोब्र्सका अनुसार, उनको सम्पक्ति १ सय ३१ अरब डलर रहेको छ । अरबपतिको सूचिमा केवल २ सय ५२ महिला सामेल छन् र सबैभन्दा धनी महिलामा चीनकी रियल स्टेट व्यवसायी वू याजून रहेकी छिन् । उनको अनुमानित सम्पक्ति ९.४ अरब डलर रहेको छ ।

नेपालका एकमात्र अरबपति विनोद चौधरीले पनि यसवर्ष निकै अघि आएका छन् । १ हजार ३ सय ४९ औं स्थानमा रहेका चौधरीको १.७ अर्ब डलर सम्पक्ति रहेको छ । (एजेन्सी)

प्रकाशित मिति: २३ फाल्गुन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्