गाउँपालिकाले दाइजो नलिने केटा पक्षलाई ५० हजार पुरस्कार
बारा फागुन २३
करैयामाई गाउँपालिकाले दाइजो नलिने केटा पक्षको परिवारलाई ५० हजार नगद दिने व्यवस्था गरेको छ । तराईमा ब्याप्त रहेको दाइजो प्रथालाई आफ्नो पालिकामा कम गर्न गाउँपालिकाको कार्यालयले यस्तो व्यस्था गरेको हो ।
नेपाल सरकारले समाजमा रहेका कुरीति विरुद्ध संविधानमा समाजिक अपराध भनेर व्यवस्था गरेपनि स्थानीय निकायमा त्यो कानुन कार्यान्वयन नभएकै कारण समाजमा बालबिवाहका साथै दाईजो प्रथामा कमी नआएको एकल महिला अधिकारको क्षेत्रमा काम गर्दै आउनुभएकी कृष्णा बस्नेतले बताउनुभयो ।तराईमा वर्षौदेखि जरो गाडेर समाजिक कुरीतीको रुपमा रहेको यस दाइजो प्रथा न्यूनिकरण गर्न गाँउपालिकाले दाइजो नलिने केटा पक्षको परिवारलाई ५० हजार नगद दिने व्यवस्था गरेको हो ।
फागुन १४ गते गाउँपालिकाको विशेष गाउँसभाले दाइजो नलिने केटा पक्षको परिवारलाई प्रोत्साहन स्वरुप नगद ५० हजार दिने निर्णय गरेको र त्यसलाई कार्यपालिको बैठकले पूर्ण रुपमा लागू् गर्ने तैयारी भएको गाउँपालिकाका अध्यक्ष भुवनेश्वर साहले जानकारी दिनुभयो । अशिक्षाका कारण समाजमा ब्याप्त रहेको यस प्रथालाई न्यूनिकरण गर्न पालिकाले उच्च शिक्षा हासिल गर्न कक्षा ११ र १२ पढ्ने छात्रालाई साईकल दिने र विद्यालयमा लाग्ने शुल्क समेत मिनहा गर्ने योजना बनाएको छ ।
दाइजो प्रथाका साथै बालबिवाहलाई उन्मुलन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुले गरेको बाल विवाह अपराध हो, भनि विभिन्न प्रकारको जनचेतना मूलक कार्यक्रम शहर केन्द्रित मात्र भएको हुँनाले पनि ग्रामीण भेगमा यस्तो प्रवृतिको अन्त्य नभएको देखिन्छ । विक्रम् सम्वत् २०६८ सालको मतगणना अनुसार बारामा ८५ प्रतिशत भन्दा बढी बालविवाह हुँदै आएको युनिसेफको रिपोर्ट समेतले पुष्टि गरेको छ ।
प्रकाशित मिति: २३ फाल्गुन २०७५, बिहिबार