प्रहरीको गोली लागी विप्लवका कार्यकर्ता रोका घाइते


 


काठमाडौं : प्रहरीको गोली प्रहारबाट कपिलवस्तुको शिवराज नगरपालिका ९ मा नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका कार्यकर्ता दुर्गा बहादुर रोका घाइते भएका छन् । रोकाको शिवराज नगरपालिका वडा नं. ९ तुरुन्तपुर स्थित घरमा प्रहरीले छापा मार्न खोज्दा भाग्दै गरेका रोका उपर प्रहरीले गोली प्रहार गरेपछि उनी घाइते भएका हुन् ।

खुट्टामा गोली लागेका रोकालाई उपचारको लागि अंचल अस्पताल बुटवल लगिएको प्रहरीले जानकारी दिएको छ । रोकाको घरबाट २ थान एएमजी, त्यसको म्यागजिन ३ थान र चाईनिज पेस्तोल १ थान बरामद भएको छ ।

प्रकाशित मिति: २३ फाल्गुन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्