घाइते हवल्दारकाे उपचारप्रति रक्षामन्त्रीकाे चासाे, भने ‘यहाँ उपचार हुन नसके तुरुन्त खबर गर्नु”


 


काठमाण्डौ २३ फागुन
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेना दिवसका दिन गत सोमबार काठमाडौंको टुँडिखेलमा प्यारासुट प्रदर्शनीमा घाइते भएका सेनाका हवल्दार पूर्णबहादुर भण्डारीकाे अवस्थाका बारेमा जानकारी लिएका छन ।

हवल्दार भण्डारी नेपाली सेनाको विपद् व्यवस्थापन क्षमता अन्तर्गत प्यारासुट जम्पका क्रममा प्राविधिक समस्याका कारण दुर्घटनामा परि घाइते भएका थिए । उनकाे मेडिसिटी अस्पतालमा उपचार भइरहेकाे छ । हवल्दार भण्डारीकाे घर बारबर्दिया ८, बर्दिया जिल्ला हाे ।

उपप्रधानमन्त्री पाेखरेलले घाइते भण्डारीकाे स्वास्थ्य अवस्थाका बारेमा चिकित्सकहरुसंग परामर्श गर्दै थप समस्या देखापरेमा तथा अवस्था जटिल भई यहाँ उपचार गर्न नसक्ने भएमा आफुलाई तुरुन्त खबर गर्न आग्रह गरेका छन ।

प्रकाशित मिति: २३ फाल्गुन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्