विप्लवको राप्ती ब्यूरोले आह्वान गरेको बन्दका कारण दाङको जनजीवन प्रभावित


 


दाङ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राप्ती ब्यूरोले आह्वान गरेको बन्दका कारण बिहिवार बिहानैदेखि दाङको जनजीवन प्रभावित भएको छ ।

बिहीबार दाङमा सार्वजनिक सवारी साधन चलेका छैनन् भने स्कुल, कलेज र बजार पनि बन्द छन् । गिरफ्तारभएका आफ्ना नेता कार्यकर्ताहरुको विना सर्त रिहाइ गर्न माग गर्दै उनीहरुले राप्ती बन्दको आह्वान गरेको जनाएको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राप्ती ब्यूरो इन्चार्ज सुवासले एक प्रेस विज्ञप्ति जारी गरी गिरफ्तार आफ्ना नेताकार्यकर्ताहरुको विना सर्त रिहाइ गर्न, राज्य सरकारको रवैयालाई नियन्त्रण गर्न र वैज्ञानिक समाजवादी आदर्श र मूल्य मान्यता स्थापित गर्न बिहिवार एक दिने राप्ती बन्द कार्यक्रम आयोजना गरिएको जानकारी गराएका छन्।

प्रकाशित मिति: २३ फाल्गुन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्