अस्पतालबाट निवास फर्कनुभयो प्रधानमन्त्री ओली, स्वास्थ्य अवस्था सामान्य


 


काठमाडौं, फागुन २२

प्रधानमन्त्री केपी शर्मा ओली निवास फर्कनुभएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि आज बिहान मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर जानुभएका प्रधानमन्त्री ओलीको परीक्षणको क्रममा कुनैपनि खरावी नदेखिएपछि साँझ निवास फर्काइएको हो ।

प्रधानमन्त्री ओलीलाई नियमित चेकजाँचपछि आज दिनभर अब्जरभेशनमा राखिएको थियो । ‘स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले जानकारी दिनुभयो, प्रधानमन्त्री निवास फर्कुनभएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहाकार डा कुन्दन अर्यालले जनताटाइम्ससँग भन्नुभयो ।

प्रधानमन्त्री ओलीको उपचार तथा परीक्षण प्राडा अरुण सायमीको संयोजकत्वको टोलीले गरेको थियो ।

प्रकाशित मिति: २२ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्