सुन चाँदीको मूल्य घट्यो, हेर्नुहोस् आजको दरभाउ हेर्नुहोस् !


 


काठमाण्डौँ, फागुन २२

साताको चौथो दिन आज सुन चाँदीको कारोबारमा मूल्यमा गिरावट छाएको छ । मंगलबारको तुलनामा सुन प्रति तोला ३ सय रुपैयाँले घटेको छ भने चाँदीमा १० रुपैयाँ घटेको छ ।

छापावाला सुन प्रति तोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ६० हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५२ हजार ४० रुपैयाँ, तेजावी सुन ५१ हजार ७ सय ८५ रुपैयाँ र चाँदीमा ६ सय ३४ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ ।

प्रकाशित मिति: २२ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्