पूर्वराजा शाहले किन एक्कासी गरे मधेश भ्रमण


 


काठमाडौं, फागुन २२

पूर्वराज्ञा ज्ञानेन्द्र शाहले आजदेखि सुरु गर्ने भनिएको मध्य तराईको भ्रमण स्थगित गर्नुभएको छ ।  पूर्वमुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहको स्वास्थ्य अवस्था बिग्रिएपछि पूर्वराजा शाहको मधेश भ्रमण अनिश्चितकालका लागि स्थगित भएको हो ।

मधेश यात्रा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको पूर्वराजा ज्ञानेन्द्र शाहका स्वकीय सचिव फणिन्द्र पाठकले बताउनुभयो । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि मुमा बडाबहारानी शाहलाई थापाथलीस्थित नर्भिक अस्पतालमा राखिएको छ । ९१ वर्षीया शाहको स्वास्थ्यमा खराबी देखिएपछि हिजो अस्पताल भर्ना गरिएको नर्भिक अस्पतालले जनाएको छ ।

यसअघि पूर्वराजा ज्ञानेन्द्रले आजदेखि जनकपुर केन्द्र बनाएर धनुषा, सर्लाही, उदयपुर र सप्तरीलगायतका जिल्लाहरुमा अवस्थित देवी देवताका मठ मन्दिर तथा शक्तिपीठको दर्शन गर्ने कार्यक्रम तय भएको थियो ।

प्रकाशित मिति: २२ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्