उडिरहेको विमानमा जन्मियो बच्चा, जसले पाउने छन् जीवनभर फ्रि टिकट !


 


साउदी अरबको दम्मासबाट भातको कोच्चि आती फ्लाइटमा एक बच्चाको जन्म भएको छ ।

महिलाको डेलिवरी भइरहेको समयमा विमानलाई मुम्बई विमानस्थलमा आपतकालिन अवतरण गरिएको थियो । जेट एयरवेजले यस बच्चालाई जीवनभर विमान यात्राका लागि फ्रि टिकट दिने घोषणा गरेको छ ।

जेट एयरका अनुसार यस बच्चाको जन्म ३५ हजार फीटको उचाइमा भएको थियो मुम्बई विमानस्थलमा अवतरण गरिएपछि आमा र बच्चा दुवैलाई होली स्पिरिट अस्पतालमा भर्ती गराइएको थियो ।

जेट एयरवेजले यस बच्चाका लागि एक फ्री पास जारी गरेको छ । जसको प्रयोगबाट उनले जतिपनि यात्रा गर्न सक्नेछन् ।

जेट एयरवेजको फ्लाइटमा यो पहिलो पटक भएको हो , जब कुनै बच्चा उडान भइरहेको बेला जन्म लिएको छ ।

यसअघि अफ्रिल २०१७ मा तुर्की एयरलाइन्सको एक विमान एक महिलाले एक बच्चालाई जन्म दिएकी थिइन् । यस बच्चाको जन्म दिने क्रममा क्याविनका क्रु मेम्बरले सहयोग गरेका थिए ।

प्रकाशित मिति: २२ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्