नेकपाले गुमायाे एक हप्तामा चार नेता ,अर्का पूर्वसांसद पण्डितको निधन


 


काठमाडौँ फागुन २१
पूर्वसांसद गणेश पण्डितको निधन भएको छ । आज हृदयाघात भएपछि उपचारका क्रममा ७० वर्षीय पण्डितको शिक्षण अस्पताल महाराजगञ्जमा दिउँसो २ बजे निधन भएको प्रदेश सांसद केशव पाण्डेले जानकारी दिनुभयो ।

विसं २०४८ को निर्वाचनमा उहाँ नुवाकोट–२ बाट तत्कालीन नेकपा (एमाले)बाट निर्वाचित हुनुभएको थियो । विसं २०५६ को निर्वाचनमा उहाँ नुवाकोटबाट तत्कालीन नेकपा (माले)बाट उम्मेदवार बन्नुभएको थियो ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको केन्द्रीय उपाध्यक्षसमेत रहनु भएका पण्डित २०४२ सालका बमकाण्डमा गिरफ्तारमा पर्नुभएको थियो ।

झण्डै आठ महीना प्रहरी हिरासतमा उहाँ रहनुभएको थियो । तत्कालीन राष्ट्रिय पञ्चायात सदस्यमा समेत उहाँ नुवाकोटबाट उम्मेवार बन्नुभएको थियो । काठमाडौँको वसुन्धरामा बस्दै आउनुभएका पण्डितका दुई छोरा, तीन छोरी र श्रीमती रहनुहुन्छ । पछिल्लो समय उहाँ पार्टीमा निष्क्रिय रहनुभएको थियो ।

प्रकाशित मिति: २१ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्