मोरङमा प्रचण्डले गरे निर्माणधिन पार्कको अवलोकन


 


उर्लाबारी, फागुन २१

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान मोरङको बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुदायिक वनमा निर्माणाधीन सिर्जना पार्कको अवलोकन गर्नुभएको छ ।

नेपालसहित छवटा देशका मूर्तिकारले निर्माण गरिरहेका ढुङ्गाका कलात्मक मूर्ति हेर्दै अध्यक्ष दाहालले ढुङ्गाबाट समेत समृद्धि आउँदो रहेछ भन्नुभयो । उहाँले निर्माण भइरहेको पार्कका विषयमा जानकारी लिनुभएको थियो । ढुङ्गाका विभिन्न कलात्मक मूर्तिसँग फोटो खिच्दै उहाँले पार्कलाई प्राकृतिक खालको बनाउनसमेत सुझाव दिनुभयो ।

सिर्जना सामुदायिक वन उपभोक्ता समितिको ३३ बिघा जमीनमा निर्माणाधीन पार्कको पहिलो चरणको कार्यशाला भने आज सकिंदैछ । नेपालसहित भारत, जापान, जर्मनी, बङ्गालादेश र इटालीका मूर्तिकारले अहिले ‘फनपार्क’का लागि ढुङ्गाबाट मूर्ति बनाइरहेका छन् । कार्यशालामा ४२ जना मूर्तिकारले मूर्ति बनाइरहेका छन् । रासस

प्रकाशित मिति: २१ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्