‘४० हजार शैक्षिक जनशक्तिले बन्दुक समाते के हुन्छ ?’


 


काठमाडौं । सरकारले राहत र बालविकास शिक्षकलाई सहमति विपरित समायोजन गर्न खोजेको भन्दै संघर्ष थालेका छन् । तीन दिनदेखि काठमाडौंमा जारी संघर्षमा उनीहरुले आफ्ना माग पनि पुरा नभए आजबाट अनिश्चितकालिन विद्यालय बन्दको घोषणा गरिसकेका छन् ।

बन्दुक समाउनेलाई उचित समायोजन गरेको र कलम समाउनेलाई पक्षपात गरेको राहत शिक्षक संघर्ष समितिमा केन्द्रीय सल्लाहकार कुमार बजगाँईले बताउनुभयो । उहाँले राहत र बालविकास शिक्षकलाई राज्यले टुहुरो बनाउन खोजेको आरोप लगाउनुभयो । अप्ठ्यारो परिस्थिति २०५९ सालतिर देशको शैक्षिक क्षेत्रमा राहत शिक्षकले खेलेको भुमिका सरकारले बिर्सेको उहाँको आरोप छ ।

देशको ४० हजार शैक्षिक जनशक्ति आन्दोलनमा गए मुलुकको हालत खस्किने कुरामा सरकार गम्भीर बन्नुपर्ने उहाँको भनाइ थियो । अन्तर्राष्ट्रिय जगतमा यो आन्दोलनले देशकै अस्तित्व खतरामा पर्ने भन्दै उहाँले सरकारलाई समाधान खोज्न आग्रह गर्नुभयो । राहत शिक्षकलाई स्थायी गराउन ४० हजारभित्रै प्रतिस्पर्धा गरिनुपर्ने र २० प्रतिशत आन्तरिक, ८० खुला प्रतिस्पर्धा आफूहरुलाई मान्य नहुने बजगाँईले बताउनुभयो ।

प्रकाशित मिति: २१ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्