निर्धक्कका साथ लगानी गर्न मुख्यमन्त्री राईको आह्वान


 


विराटनगर, फागुन २०

प्रदेश नं. १ का मुुख्यमन्त्री शेरधन राईले निजी क्षेत्रलाई निर्धक्कका साथ प्रदेशमा लगानी गर्न आह्वान गर्नुभएको छ । विराटनगर–७ मा निर्माण गरिएको ‘सेन्टर मल’को आज यहाँ उद्घाटन गर्दै मुख्यमन्त्री राईले उद्यमी व्यापारीको लगानीको सुरक्षा सरकारले गर्ने विश्वास दिलाउनुभयो ।

निजी क्षेत्रलाई उद्योग, व्यापार तथा पूर्वाधार क्षेत्रमा लगानी गरी नागरिकका लागि रोजगारी सिर्जना गर्न उहाँले आग्रह गर्नुभयो । मुुख्यमन्त्री राईले विद्युत्को निरन्तरता, बाटोघाटोको सुविधा तथा विकासका ठूलाठूला पूर्वाधार निर्माण भइरहेको अहिलेको अवस्थामा निजी क्षेत्रले मुलुकको व्यापार घाटा नियन्त्रण गर्न लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

सेन्ट्रल मलका निर्देशक प्रकास मुुन्दडाले विराटनगरमा लगानीको वातावरण बन्न थालेको बताउनुभयो । विराटनगर मेनरोडमा रु एक अर्बको लागतमा निर्माण गरिएको सो मलमा १०४ पसल छ भने ३०० भन्दा बढी व्यक्तिले रोजगारी पाएका छन् । मलमा सुुविधा सम्पन्न बजारका साथै अत्याधुनिक चलचित्र घरसमेत रहेको छ । रासस

प्रकाशित मिति: २० फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्