के भयो जापानले नेपाली कामदार लैजाने पक्रिया ?


 


काठमाडौं, फागुन २०

नेपाली कामदार लैजाने बिषयमा नेपाल र जापानबीच सरकारी संयन्त्रबाट नै गत जनवारीमा सहमति भएको छ । तर जापानले के कति संख्यामा कामदार लैजाने बिषयमा निक्र्यौल हुन नसक्दा रोजगारीका लागि जापान जाने इच्छा भएका नेपालीहरुमा अन्यौलमा परेका छन् ।

जापानका बिदेशमन्त्रीको नेपाल भ्रमणको दौरानमा नेपाल सरकारसंग नेपाली कामदार लैजानेबारे सहमति भएसंगै अहिले दुवै पक्षका सरकारबीच कामदार लैजानेबारे श्रम समझदारीका लागि मस्यौदा आदान प्रदान भईरहेको छ ।

साथै नेपाल सरकारले पछिल्लो समय जापान जाने कामदारहरुले जापान जानका लागि पढ्नुपर्ने जापानी भाषा परीक्षाको कोर्ष निर्धारण गरी स्पष्ट गर्न जापान सरकारसँग आग्रहसमेत गरिएको श्रम मन्त्रालयले जनाएको छ ।

यता जापानी भाषा सिकाउने इन्स्टिच्युटहरुले भने भाषा सिकाउने नाममा ठगी नगरुन भन्ने हेतुले भाषाको कोर्ष स्पष्ट गर्न माग गरेको हो । यदी नेपाल सरकारलाई नेपालीले दिनुपर्ने जापानीज भाषको कोर्ष जापानले स्पष्ट परिदिए कुनै बिद्यार्थी ठगीमा पर्दैनन । यसैका लागि परीक्षाको सम्भावित कोर्ष उपलब्ध गराउन नेपाल सरकारले जापानलाई आग्रह गरेको छ ।

केही दिन अघि नेपाल सरकारलाई जापानले पठाएको समझदारीको मस्यौदा अनुसार भाषा परीक्षाको चौंथो तहसम्म पास हुनेलाई कामदारको रुपमा लैजाने उल्लेख छ । हाल स्टुडेन्ट भिषामा जाने विद्यार्थीले ५ औं तहको परीक्षा पास गरेर जाने गरेका छन् ।

जापानमा कामदारको संकट परेपछि नेपाल लगायत अन्य मुलुकका कामदार लैजाने नीति अँगालेको छ । उसले नेपालसहित चीन, फिलिपिन्स, मंगोलिया, म्यानमार, इण्डोनेसिया, थाइल्यान्ड र भियतनामबाट कामदार लैजाने योजना बनाएको छ ।

नेपालको मामिलामा भने अहिले नेपाल र जापान कामदार लैजाने विधि, प्रक्रिया, लागत लगायतका विषयमा छलफल भइरहे पनि मार्च महिना भित्रै यो बिषयमा दुईपक्षीय निष्कर्ष निकाल्ने तयारी भइरहेको श्रम मन्त्रालयले जनाएको छ । गएको जनवारीमा काठमाडौंमा जापानी बिदेशमन्त्रीसहित बसेको नेपाल जापान संयुक्त प्राविधिक समितिको बैठकमा नेपालले गरेको प्रस्तावमाथि जापानले सहमति जनाएको थियो ।

भाषा परीक्षा र सिप परीक्षण, कामदार छनोट, लागत सहितका विषयमा जापान सरकारसँग समझदारी भएपछि मात्रै कामदार पठाउने प्रक्रिया थालनी हुनेछ । जापानले पहिलो पाँच वर्षमा ३ लाख ४५ हजार विदेशी कामदारलाई १४ वटा औद्योगिक क्षेत्रमा बिदेशी कामदार लैजानेछ । जसमा नेपालीहरुले नर्सिङ केयर, निर्माण, होटल, कृषि, मत्स्यपालन लगायतका क्षेत्रमा जान पाउनेछन् ।

प्रकाशित मिति: २० फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्