कसले चलायो बाबुरामको नक्कली ट्वीटर ?


 


काठमाडौ ,फागुन २०/

नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो नामको नक्कली ट्विटर ह्यान्डल प्रयोग गरिएको भन्दै गुनासो गरेका छन् ।

उनले सोमबार ट्विट गर्दै भनेका छन्, ‘अरूको नाउँको नक्कली ट्विटर ह्याण्डल बनाएर आफ्ना कुरा राख्नु आफैँप्रतिको अविश्वास र कायरता हो । यसले सार्वजनिक जीवनलाई प्रदुषित गर्छ । यो कानूनतः अपराध पनि हो । कसैले यस्तो हर्कत नगरोस । सम्बन्धित सुरक्षा निकायले ध्यान देओस । मेरो एक मात्र भेरिफाइड @brb1954 छ । कसैलाई कुनै भ्रम नरहोस ।’

प्रकाशित मिति: २० फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्