अाजकाे राशिफल


 


अाज मिति वि.सं. २०७२ साल पुस १४ गते। मंगलबार। इश्वी सन् २०१५ डिसेम्बर २९ तारिख। नेपाल संवत् ११३६ थिंलागा। पौष कृष्णपक्ष। तिथि– चतुर्थी, १६:३२ बजेउप्रान्त पञ्चमी। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस्

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

विगतका गल्तीले केही अप्ठ्यारो परिरहला। अरूको सुझावले शंका उब्जाउन सक्छ। परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। मान्यजनसँग असमझदारी बढ्न सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। अपराह्नदेखि स्थितिमा सुधार आउनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। मेहनत र बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा होला। प्रतिस्पर्धी परास्त होलान्। नयाँ काम सुरु गर्ने समय छ। आम्दानी बढ्नेछ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। अपराह्नदेखि समयको मागअनुसार चल्न नसक्ता पछि परिएला। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। नजिकका साथीभाइ समेत टाढिन सक्छन्।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ। अनावश्यक वादविवादमा परिने सम्भावना देखिएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। व्यावसायिक काममा ठूलो फाइदा उठाउन नसकिए पनि लगनशीलताले बिस्तारै लाभ दिलाउनेछ। केही चुनौती देखिए पनि अपराह्नदेखि स्थितिमा सुधार आउनेछ। नयाँ काम सुरुआत गर्ने अवसर पनि प्राप्त हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

पारिवारिक जमघटमा मन रमाउनेछ। तर, भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ। नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ। स्वादिष्ट भोजन वा मनोरञ्जनमा अलमलिँदा विशेष मौका गुम्न सक्छ। टाढिएका आफन्तको सम्झनाले पिरोल्नेछ। अपराह्नपछि आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। बोलीको गलत अर्थ लाग्न सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। अनावश्यक काममा समय बित्नेछ। व्यापारमा लगानी बढ्ने र फाइदा कममात्र हुने समय छ। विदेश भ्रमण वा वैदेशिक क्षेत्रबाट थोरै लाभ उठ्न सक्छ। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्ने देखिन्छ। आश्वासन दिनेहरूले यथार्थमा सहयोग नजुटाउलान्। पुरस्कारका नाउँमा ठगीमा परिने सम्भावना छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। ईर्ष्या गर्नेहरूले भने सताउन सक्छन्। अपराह्नदेखि खर्च बढ्नाले अभावको अनुभूति हुनेछ। यसले आँटेका काममा बाधा हुन सक्छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। परिवारजनबाट टाढिनुपर्ला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। व्यापार–व्यवसायमा लाग्नेहरूलाई फाइदा होला। विभिन्न अवसरले पछ्याउनेछन्। साँझदेखि आयआर्जन बढ्नुका साथै प्रशस्त लाभ मिल्नेछ। कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

अरूका लागि बुद्धि र श्रम खर्चनुपरे पनि समुदायको हित हुने काम गर्न सकिनेछ। सामाजिक जिम्मेवारी हात पार्ने मौका छ। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुन सक्छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। अपराह्नदेखि प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। धेरैले तपाईंका कामको तारिफ गर्नेछन्। अरूलाई प्रभावित पारेर काम बनाउने अवसर प्राप्त हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

परिस्थिति अप्ठ्यारो देखिए पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा आस मारेको फल प्राप्त हुन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। व्यावसायिक काममा खर्च बढे पनि बिस्तारै लाभ उठाउन सकिनेछ। अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। मेहनत गर्दा विभिन्न अवसर पनि हात पार्न सकिनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापारमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। आम्दानी प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। अपराह्नदेखि स्वास्थ्यमा कमजोरी देखापर्नेछ। काम बिग्रने भयले सताए पनि लाभमा कमी आउने छैन। धैर्य गर्नुहोला, सकारात्मक संकेतहरू प्राप्त हुनेछन्।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

व्यापार तथा उद्योगतर्फ फाइदा हुने योग छ। वैदेशिक यात्रा पनि लाभदायक हुनेछ। काममा अधिकारका लागि प्रतिस्पर्धा गर्नुपर्ला। प्रतिस्पर्धीहरूको चलखेल बढ्नाले केही चुनौती देखा पर्न सक्छन्। अपराह्नदेखि व्यापारमा लाभ हुनेछ। व्यावसायिक यात्रा सम्भावना छ। पारिवारिक विवादले मन खिन्न बनाए पनि प्रेम र मित्रताको बन्धन कसिलो हुने समय छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सुखद समाचारले अझ उत्साह बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। अपराह्नपछि आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ।

प्रकाशित मिति: १४ पुस २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्