स्व. रबिन्द्रको सम्झनामा पुश्कल शर्माले रुंदै रुंदै गाए मनै रुवाउने गित भिडियो सहित


 


लोकप्रिय गायक तथा सर्जक पुश्कल शर्माको केहि दिन अघि मात्र सार्वजनिक भएको गीत दलितको चर्चा सेलाउन नपाउदै शर्माकै अर्को समयसान्दर्भिक गीत सार्वजनिक भएको छ ।

हेलिकोप्टर दुर्घटनामा परि पर्यटन मन्त्री रविन्द्र अधिकारी सहित उच्च पदस्थ सात जनाको मृत्यु भए सँगै यो विषयलाई शर्माले गीतमा उतारेका छन ।

सबै माझ अत्यन्तै लोकप्रिय गायक शर्माले समय सान्दर्भिक गीतहरु सार्वजनिक गर्दै लोकप्रिय नेता तथा अन्य दिवंगत प्रति श्रद्धाञ्जली स्वरुप आफुले गीत सार्वजनिक गरेका उहाँले बताउनु भयो ।

निकै सुमधुर लय तथा सोहि अनुसारको मुटु छुने शब्द रहेको सो गीतलाई धेरै स्रोता दर्शकले मन पराउनेमा आफुहरु आशावादी रहेको शर्माले हामीलाई बताउनु भयो ।

पुश्कल शर्माकै लय तथा शब्द सिर्जना साथै आवाज समेत रहेको सो गीतको जति प्रशंसा गरे पनि कमनै हुन्छ । गीतको सम्पुर्ण पक्ष निकै मिलेको छ ।

प्रकाशित मिति: १९ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्