वाइडबडीबारे देउवाले भने म प्रधानमन्त्री छउञ्जेल के-के भयो थाहा छैन !


 


जनकपुर,फागुन १९

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी खरिद प्रकरणबारे नयाँ कुरा छिट्टै बाहिर ल्याउने बताउनुभएको छ ।

आइतबार विहान जनकपुरमा नेपाल प्रेस यूनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले आफू प्रधानमन्त्री छउञ्जेल के के भयो भन्ने आफूलाई थाहा नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘त्यसवेला के के भयो थाहा छैन, मलाई थाहा नै नभएको बारे के भनौँ ?’

सभापति देउवाले अहिले आफूलाई समेत बाइडबडी प्रकरणमा मुछिएको भन्दै वाइडबडी प्रकरणबारे छिट्टै नै केहि कुराहरु सार्वजनिक गर्ने पनि बताउनुभयो ।

प्रकाशित मिति: १९ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्