महाशिवरात्रीको योग : सुख, शान्ति, संबृद्धि चाहानेले एकपटक अवश्य क्लिक गर्नुहोस्


 


काठमाडौं  भोली भगवान शिव र पार्वतीको बिबाह भएको दिनको विशेष संयोगमा महाशिवरात्री मनाइदैंछ । शिव हिन्दू धर्मका प्रमुख देवताहरूकापनि देवता हुन् । भगवानको तीन रूपहरू मध्येको एक शिवलाई विनाशकर्ताका रूपले चिनिन्छ ।

हिन्दू धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन्। शिवलाई प्रायःजसो शिवलिङ्गको रूपमा पूजा गर्ने गरिन्छ ।

शिव हिन्दू धर्मको प्रमुख देवताहरू मध्यको एक ईश्वर को रुप हो। वेदमा यिनको नाम रुद्र भनिएको छ । यीनी व्यक्तिको चेतनाको अन्तर्यामी छन् । यिनको अर्धाङ्गिनी ९शक्ति०को नाम पार्वती हो । यिनका दुईवटा पुत्रहरू छन्, जसमा एक स्कन्द र अर्का गणेश हुन् । हिन्दू मान्यता अनुसार ब्रह्माजी यो संसारका सृष्टीकर्ता हुन् भने भगवान विष्णु यो संसारको पालन कर्ता र शिव यो संसारका संहार कर्ता हुन् । शिवलाई जिव अथवा प्राण भनेर पनि चिनिन्छ । शिवले छोडेमा यो संसारमा देह अथवा शव मात्र रहन्छ ।

देहमा ब्रह्माको स्थान शिरमा छ, विष्णुको स्थान हृदय अथवा शरिरको मध्य भागमा छ र शिवको स्थान कमर भन्दा तलको भागमा छ । त्यसैले भगवान शिवलाई शिवलिंगको रुपमा पूजा गरिन्छ । शिव अधिकतर चित्रहरूमा योगीको रूपमा देखिन्छन् र उनको पूजा लिंगको रूपमा गरिन्छ । भगवान शिवलाई संहारको देवता भनिन्छ । भगवान शिव सौम्य आकृति एवं रौद्ररूप दुवैको लागि विख्यात छन्। अन्य देवहरू भन्दा शिवलाई भिन्न मानिएको छ । सृष्टिको उत्पात, स्थिति एवं संहारको अधिपति शिव हुन् ।

त्रिदेवहरूमा भगवान शिव संहारको देवता मानिन्छन् । शिव अनादि तथा सृष्टि प्रक्रियाको आदिस्रोत हुन् र यीनी काल महाकाल नै ज्योतिष शास्त्रका आधार हुन् । शिवको अर्थ यद्यपि कल्याणकारी मानिएको छ, तर उनले संधै लय एवं प्रलय दुवैलाई आफ्नो अधीन गरेका छन् । भगवान शिव देवताका पनि देवता भएकाले उनलाई महादेव भनिन्छ भने ईश्वरका पनि ईश्वर भएकोले उनलाई महेश्वर भनेर चिनिन्छ ।

शिवरात्रिको पूजा रात्रिको चारै प्रहरमा गर्नु पर्छ । शिवको बिल्वपत्र (बेलको पात), धतुरोको फूल, प्रसादमा भाङ, चरेस अति प्रिय छन् । एवम् यिनको पूजाको लागि दूध, दही, घिउ, सख्खर, मह यिनी पाँच अमृत जसलाई पञ्चामृत भनिन्छ, पूजनमा यिनीहरूको उपयोग गर्नु पर्छ । एवम् पञ्चामृतले स्नान गराएर यसपछि इत्र चढाई जनै पहिर्‍याउने गर्नुपर्दछ । अन्तमा भाङको प्रसाद चढाउने पनि गर्नुपर्दछ ।

जुन व्यक्ती यो व्रत संधै गर्न असमर्थ छ, व्रत बाह्र या चौबीस वर्ष गर्नु पर्छ । शिवको त्रिशूल र डमरूको ध्वनि मंगल, गुरु देखि संबद्ध छन् । चन्द्रमा उनको मस्तकमा विराजमान भएर आफ्नो कान्ती देखि अनन्ताकाशमा जटाधारी महामृत्युंजयलाई प्रसन्न राखेमा बुधादि ग्रह समभावमा सहायक बन्दछन् । सप्तम भावको कारक शुक्र शिव शक्तिको सम्मिलित प्रयासले प्रजा एवं जीव सृष्टिको कारण बताइन्छ । महामृत्युञ्जय मन्त्र शिव आराधनाको महामन्त्र हो ।   विकिपिडियाबाट

प्रकाशित मिति: १९ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्