पशुपतिमा छोरीहरुले बोके भरतमोहनको शव


 


काठमाडौं फागुन १९

उपचारका क्रममा शनिबार राति दिवङ्गत भएका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीर अन्त्येष्टीका लागि पशुपति आर्यघाट पुर्याइएको छ ।

आइतबार बिहान श्रद्धाञ्जलिका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयबाट पशुपति आर्यघाट लगिएको हो ।

आर्यघाट पुर्याइएको अधिकारीको शव तीन जना छोरीहरुले बोकेका थिए । छोरीहरु लुना, लिमा र लिजा हुन् । उनको केहीबेरमा अन्त्येष्टी हुँदैछ ।

नेता अधिकारीको निधनबाट पार्टी स्तब्ध भएको पार्टीले जनाएको छ ।

प्रकाशित मिति: १९ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्