काठमाडौँमा अधिकांश मगन्ते भारतीय ,धमाधम हटाउँदै प्रहरी


 


काठमाडौं फागुन १९ राजधानी काठमाडौँका सडक मगन्ते (भिखारी) रहित बनाइने भएको छ । त्यसका लागि प्रहरीले अभियान सुरु गरेको छ । बटुवालाई अनावश्यक दुख दिने र सडकको सभ्यातामा नै प्रश्न उठेको भन्दै चालिएको यस कदममा प्रहरीले मगन्ते हटाउन थालेको हो । पहिलो चरणमा न्युरोड, वसन्तपुर, घन्टाघरस्थित जामे मस्जिदलगायतका ठाउँबाट १६ भन्दा धेरै मगन्तेलाई पक्राउ गरिएको छ । पक्राउ पर्ने अधिकांश बालबालिका छन् । प्रहरीका अनुसार काठमाडौंमा मात्रै चार सयभन्दा धेरै मगन्ते छन् । त्यसमध्ये अधिकांश महिला तथा बालबालिका छन् ।

प्रहरीका अनुसार उनी अधिकांश भारतीय मूलका नागरिक रहेको काठमाडौं परिसरका डिएसपी राजेन्द्र पोखरेलले बताए । प्रहरीका अनुसार काठमाडौंमा संगठित रूपमै भिख माग्ने पेसा अँगाल्ने गरेकोे पाइएको छ । विशेष गरी भातरीय मूलका नागरिक यस कार्यमा संलग्न छन् । यो पेसामा अधिकांश बालबालिका र महिला प्रयोग भएका छन् । प्रहरीका अनुसार उनीहरू भारतमै जम्मा हुन्छन् र समूह बनाउँछन् ।

आवश्यक तालिम पनि लिन्छन् । विभिन्न नाका हुँदै नेपालका सहर प्रवेश गर्छन् । समूहको नाइके अवरणमा देखिँदैन । यता प्रहरीले काठमाडौंका सडकमा रात बिताउने बेवारिसे अवस्थाका सडक बालबालिकालाई नियन्त्रणमा लिन थालेको छ । सहरको सभ्यतामै नकारात्मक असर पर्ने देखिएपछि प्रहरीले सडकका बेवारिसे बालबालिकालाई नियन्त्रण गर्न सुरु गरेको हो । नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रकाशित मिति: १९ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्