पेरुमा ७ रेक्टर स्केलको भूकम्प गयो
एजेन्सी, फागुन १८
शुक्रबार दक्षिण अमेरिकी देश पेरुमा ७ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको धक्का पेरुसहित ब्राजिल, बोलिभिया र चिलीमा महशुस गरिएको अमेरिकी जिओलोजिकल सर्भेलाई उदृत गर्दै अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । तर अहिलेसम्म क्षतिको विवरण कतैबाट पनि नआएको त्यहाँको सरकारले जनाएको छ ।
गएको हप्ता उत्तरी पेरुको अमाजोन क्षेत्रमा ७ दशमलब ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।
प्रकाशित मिति: १८ फाल्गुन २०७५, शनिबार