भारतीय वायूसेनाको बमवारीमा एउटा काग मात्रै मरेको खुलाशा


 


एजेन्सी, फागुन १७

भारतीय वायूसेनाले गत मंगलबार पाकिस्तानी एयरस्पेसमा पसेर बम वर्षा गर्‍यो । उक्त आक्रमणमा आतंकवादी समूह जैस ए मोहम्मदको किल्ला ध्वस्त भएको र सयौं हताहति भएको भारतीय मिडियाहरुले दावी गरिरहेका छन् ।

तर, निश्पक्ष अनुसन्धानबाट भने यो दावी असत्य सावित भएको छ । उक्त बमवर्षा खाली ठाउँमा भएकाले कुनै जनधनको क्षति भएको पाइएको छैन । बरु सो घटनामा एउटा कागको प्राणपखेरु उडेको बीबीसीमा प्रकाशित समाचारमा उल्लेख छ ।

एक स्थानीयवासीलाई उदृत गर्दै बीबीसी हिन्दीले लेखेको छ, ‘अहिलेसम्म हामीले थाहा पाएअनुसार यस बमवारीमा एक व्यक्तिको आँखामा सामान्य चोट लागेको छ भने एउटा काग मरेको छ । कुनै धनमाल क्षति भएको छैन ।’

अन्तर्राष्ट्रिय न्यूज एजेन्सी अल जजिराले पनि हमला भएको स्थानको स्थलगत रिपोर्टिङ गरेको थियो । उक्त रिपोर्टिङबाट त्यहाँ कुनै मानवीय क्षति नभएको पाइएको अल जजिराले उल्लेख गरेको छ ।

प्रकाशित मिति: १७ फाल्गुन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्