प्रधानमन्त्रि इमरान खानको एक निर्णयले अप्ठ्यारोमा मोदी, विश्वभर खानकै तारिफ !


 


काठमाडौं । पुलवाम हमला पछि भारत र पाकिस्तान विच बढ्दै गएको तनावमा केहि कमि आउने संकेत देखिएको छ। भारतीय वायु सेनाले पाकिस्तानको बारकोटमा बम हमला गरेपछि त्यसले उग्ररुप लिएको थियो। पाकिस्तानी एअरफोर्सले भारतीय एमआइजी २१ लडाकु विमान खासालेर पाइलट नियन्त्रणमा लिएपछि हालत युद्धको अवस्थामा पुगेको थियो।

यद्यपि पाकिस्तानी प्रधानमन्त्रि इमरान खानले लामो समय देखि भारतसँग शान्तिका लागि अपिल गर्दै आएका थिए। बिहिबार संसदलाई सम्बोधन गर्दै खानले भारतसंग युद्ध गर्ने पाकिस्तानको कुनै मनसाय नभएको भन्दै शान्ति संकेत स्वरुप पाकिस्तानले नियन्त्रणमा लिएका पाइलट रिहार गर्ने घोषणा गरेका छन् ।

बिहीबार संसदका दुबै सदनलाई संयुक्त सम्बोधन गर्दै खानले भने , “पाकिस्तानसँग शक्ति नभएका कारण भारतसँग झुकेको नभै इश्लामावाद तनावलाई चर्काएर कसैलाई फाइदा हुँदैन भन्ने बुझेको छ । शान्तिका लागि हामीले बुधबार पाकिस्तानी सेनाले नियन्त्रणमा लिएका युद्धक विमानका चालकलाई रिहा गर्नेछौँ ।”

प्रधानमन्त्री खानले भारत सरकार खासगरी प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानमाथि आक्रमण गर्नुको आशय आउँदै गरेको निर्वाचनको नतिजालाई आफ्नो पकडमा पार्नु भएको दावी गरेका थिए । .

पाकिस्तानी सेनाले नियन्त्रणमा लिएका भारतीय विङ्ग कमान्डर (पाइलट) अभिनन्दन
शान्तिको संकेत स्वरुप पाइलट रिहा गरिने घोषणा गरे संगै भारतमा पाकिस्तानी प्रधानमन्त्री इमरान खान प्रतिको प्रेम देखिएको छ । पाकिस्तानी प्रम इमरान खानको यो निर्णय पश्चात विश्वभरका आम नागरिकले उनका तारिफ गरिरहेका छन् ।

युद्धको माहोल बनिरहेको बेला पाकिस्तानको यो निर्णयले थप शान्ति कायम गर्न टेवा पुग्ने विश्वास गरिएको छ। यद्यपि भारतीय सैनिक प्रवक्ता भने पाकिस्तानले आफ्नो विङ्ग कमान्डर रिहा गर्नुको जिनेवा जिनेवा सम्मेलन रहेको बताएका छन्। कतिपय भारतीय नेताहरु भने पाकिस्तानले अमेरिका र भारतको दवाबका करण विनासर्त रिहा गरेको भन्दै मिडियाबाजी गर्दै आएका छन्।

सफलतापुर्वक सर्जिकल स्ट्राइक २ गरेको भन्दै राष्ट्रवादी भवनको मत बटुल्न निर्वाचन प्रचारमा लागेकामोदीलाई भने पाकिस्तानी प्रधानमन्त्रीको कारण मिडियामा आलोचना हुन थालेको छ। विङ्ग कमान्डर अभिनन्द गिरफ्तार हुँदा वा रिहाइ हुँदा कुनैपनि शब्द नबोलेको भन्दै उनको भारतमै चर्को आलोचना सुरु भएको छ।

प्रकाशित मिति: १७ फाल्गुन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्