नियन्त्रणमा रहेका पाइलटले पाकिस्तानमा ‘भारत माता की जय’ को नारा लगाए, गाली चलाए


 


एजेन्सी मोहम्मद इलियास खान, बीबीसी (पाकिस्तानबाट) पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय वायुसेनाका विंग कमान्डर अभिनन्दन वर्धमानलाई रिहा गरिदिन आदेश दिएका छन् । इमरानले यसबारे संसदमा घोषणा गरेका हुन् ।

भारतीय वायुसेनाका विंग कमान्डर अभिनन्दन जब पाकिस्तान प्रशासित कश्मिरको इलाकामा खसे तब के भयो, यसबारे सबैलाई जान्ने इच्छा छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विंग कमान्डरलाई शुक्रबार रिहा गरिनेछ तर उनलाई कसरी पक्राउ गरियो भन्ने प्रश्न सबैको मनमा छ होला ।

यसबारे भिंबर जिल्लाको होर्रान गाउँका सरपन्च मोहम्मद रजाक चौधरीले आफ्नो आँखाले देखेको घटनाबारे जानकारी दिए ।

५८ वर्षका रजाक चौधरी इमरान खानको पार्टी तहरिक–ए–इंसाफसँग पनि सम्बन्धित छन् ।

अभिनन्दनले सोधे, यो भारत हो कि पाकिस्तान

चौधरीका अनुसार भिंबर जिल्लामा नियन्त्रण रेखाभन्दा सात किलोमिटर टाढा होर्रान गाउँका मानिसहरुले आकाशमा लडाकू विमानबीच लडाईं देखेका थिए । दुई विमान ठोक्किएको थाहा भयो जसमध्ये एउटा तीब्र गतीमा नियन्त्रण रेखा पारी गयो भने दोस्रोमा आगो लाग्यो र त्यो तल खस्न थाल्यो ।

गाउँलेले विमानको टुक्रा खसिरहेको पनि देखे र प्यारासुटबाट सुरक्षित उत्रिरहेका पाइलट पनि देखे ।

प्रकाशित मिति: १७ फाल्गुन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्