पाकिस्तानले भारतीय विमानचालकलाई शुक्रबार रिहा गर्ने


 


बिहीबार संसद्का दुवै सदनलाई संयुक्त सम्बोधन गर्दै प्रधानमन्त्री खानले भने, ‘पाकिस्तानसँग शक्ति नभएका कारण भारतसँग झुकेको नभई इस्लामावादले तनावलाई चर्काएर कसैलाई फाइदा हुँदैन भन्ने बुझेको छ । शान्तिका लागि हामीले बुधबार पाकिस्तानी सेनाले नियन्त्रणमा लिएका युद्धक विमानका चालकलाई रिहा गर्नेछौँ ।’ उनले भने, ‘भारतीय पक्षबाट पाकिस्तानी इलाकामा गरेको वम वर्षाका कारण कुनै मानवीय क्षति वा भौतिक संरचना भएको सूचना पाएका छैनौँ । त्यसैले बदलामा आक्रमण गर्ने सोच राखेनाँै ।’

पाकिस्तानी प्रधानमन्त्री खानले भारत सरकार खासगरी प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानमाथि आक्रमण गर्नुको आशय आउँदै गरेको निर्वाचनको नतिजालाई आफ्नो पकडमा पार्नु रहेको दाबी गरेका छन् । प्रधानमन्त्री खानले भने, ‘भारतीय कास्मिरी जनता पाकिस्तानसँग विवाद गर्न नचाहे पनि पाकिस्तानविरोधी ‘सेन्टिमेन्ट क्याच’ गर्न राजनीतिक नेतृत्वले पटकपटक समस्या ल्याएको जानकारी मैले पाएको छु ।’

उनले भारतले पाकिस्तानी भूमिमा धावा खेलेको आफूहरूले हेर्न नसक्ने बताउँदै भने, ‘यदि भारतले एक्सन लिन्छ भने यसको प्रतिकार गर्नु पाकिस्तानको निर्विकल्प उपाय हो ।’ सदनलाई सम्बोधन गर्ने क्रममा उनले अगाडि भने, ‘म यसै प्लेटफर्मबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीलाई आह्वान गर्न चाहन्छु कि विवादलाई अगाडि नबढाऊँ । तर, यसलाई भारतले पाकिस्तानको कमजोरी नसोचोस् ।’

उनले पाकिस्तानी क्षेत्रमा प्रवेश गरेका दुई विमान खसालेको र यो आफ्नो सार्वभौम मुलुकका लागि मजबुरी भएको सोही क्रममा भारतीय विमानचालक पाकिस्तानी नियन्त्रणमा पुगेका बताए ।

प्रकाशित मिति: १६ फाल्गुन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्