“रवीन्द्र अधिकारीको मृत्युप्रति खुसी प्रकट गर्नेहरु कदापि मानव हुन सक्दैनन्”
यादव सुवेदी । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको मृत्युप्रति खुसी प्रकट गरिरहेको पनि देखियो । कसैको मृत्युुमा खुसी मनाउनु मानवीय धर्म हो रु कदापि होइन ।आजकाल सबैले फोन चाहिँ स्मार्ट बोक्न थाले तर नैतिकता र संवेदना चाहिँ दिनदिनै पतीत हुँदै गएको छ ।
तर, यो कुराले बाँकी सबै नेताहरूको चेत खुलोस् भन्ने पनि चाहन्छु ।मन्त्री अधिकारी पछिल्लो दिनहरूमा केही विवादित देखिए पनि आशालाग्दो युवा नेता हो ।
हो आज त्यही आशालाग्दो नेता गुमाएको छ राष्ट्रले । देशको लागी बुलन्द आवाज उठाउने देश र जनताको हित चाहाने मन्त्रीज्युको लागि यस्तो कु–बिचार राख्ने ए धर्तीका बोझहरु हो, कसैको मृत्युमा कोही पनि यति धेरै नरमाउ एक दिन सबै जना मर्नु पर्छ ।यस्ताले नै हो आफूले सोचेजस्तो नहुँदा आफ्नो अभिभावकलाई मार्ने वा वृद्धाश्रममा लगेर छोड्ने ।
किनकी यस्ताहरुको मनमा मानवता हुँदैन, दया हँुदैन । मात्र यिनीहरुलाई रिस मार्नु छ, रिस फेर्नु छ । चाहे जो सुकै होस्‘रुसत्ता पक्ष या विपक्ष, मृत्युसँग राजनीति गर्नेहरु यति कुरा याद राख मानवता नभएका दानवरुपी राक्षस हरु, कि हामी पनि एक दिन मर्नै पर्छ । वाइबडीको कुराले रवीन्द्र गलत देखेका हौला ।वाइडबडीको सबै नीतिगत निर्णय शेर बहादुर देउवाको पालाको सरकारले गरेको हो । रवीन्द्रले त मात्रै जहाज खरिदपछि सर्वोच्चको आदेशमा बाँकी किस्ता बुझाएको मात्रै हो ।
कागले कान लग्यो भन्दा कागको पछाडि दौडिने भन्दा कान छाम्ने बानी गर्नुस् ।रवीन्द्र अधिकारी मन्त्री भएपछि उनले के–के काम गरेका छन्, त्यो पनि हेर्नुस् । मान्छेको जिन्दगी हो कतिखेर कसलाई के हुन्छ थाहा छैन । कसैको मृत्युुमा हाँस्नु पहिले मेरो बाटो पनि त्यही हो मात्रै ढिलो चाँडोको कुरा हो भनेर बुझ्नुस् ।बाबु मार्ने दुश्मन नै किन नहोस्, कसैको मृत्युमा संवेदना प्रकट गर्न सकिँदैन भने त्यो पशुभन्दा पनि तल्लो दर्जाका जनवारमा गनिन पुग्छ ।रवीन्द्र अधिकारी वाइडबडीमा भएको भ्रष्टाचारमा जबर्जस्ती जोडिएको पात्र हुन् ।
वाइडबडी जहाज कतिमा किन्ने रु कोसँग किन्ने रु कहिले किन्ने ? भन्ने सबै किसिमको नीतिगत निर्णय शेर बहादुर देउवा सरकारको पालामा भएको थियो । रवीन्द्र अधिकारी मन्त्री भएपछि जहाज किनेको बाँकी किस्ता भुक्तानी गर्ने बाहेक केही नीतिगत निर्णय गरेको थिएन ।तर, विडम्बना नेपालका ठूला मिडियाले उनलाई जबर्जस्ती भ्रष्टाचार बनाइदिए र जनताले पनि कागले कान लग्यो भनेर भन्दा कान नछामी कागको पछाडि दौडिन पुगे ।
उनले म निर्दोष हुँ भनेर साबित गर्नु पहिला नै पापी दैवले टपक्क टिपेर लग्यो आज । उनले सुरुवात गरेकोे विकास निर्माणको काम एकदिन जनताले छर्लङ्ग देख्ने नै छन् ।देशले आज कठिन परिस्थितिको सामना गर्दै अगाडि बढ्न सक्ने देशकै महत्त्वको एउटा सक्षम युवा गुमाएको छ ।
फसाउनेले फसाइदिए, भन्नेले भनिदिए रविन्द्र भ्रष्टाचारी हो भनेर ।न उनीहरुको कलम रोक्न मिल्यो न भन्नेको मुख थुन्न । तर, सिँगो देशले कुनै दिन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा रवीन्द्र अधिकारीलाई सम्झिएर गर्व गर्नेछ ।पर्यटन क्षेत्रमा तपाईंले चालेका कदम यदि सार्थक भए भने त्यतिबेला सम्झिनेछन् तपाईंलाई ।
विदेशबाट सिधै भैरहवा आएर विमान अवतरण गर्दा सम्झिनेछन तपाईंलाई । त्रिभुवन विमानस्थलमा पाइलटले ढुक्क भएर विमान अवतरण गर्दा सम्झिनेछन् तपाईंलाई । तपाईंलाई सम्झिनुपर्ने अरु धेरै कारण छन् । हामी सदा सम्झिनेछौं ।तपाईंको मृत्युमा अहिले रमाइरहेकाहरुले पनि एकदिन तपाईंलाई सकारात्मक तरिकाले हेर्नेछन् ।
मानवीय संवेदना गुमाएर यस्तो दुःखद घडीमा रवीन्द्र अधिकारीको उपहास उडाएर खुसी हुनेहरुलाई सडकमा दिप प्रज्वलन गर्न आग्रह गरे पनि रवीन्द्र अधिकारीले देशका निम्ति जे गरे त्यो अतुलनीय छ ।
तर, जे दिन खोजेका थिए त्यो दिन पाएनन् ।तपाईंको स्वर्गबासको कामना । यो सिङ्गो देश आज तपाईंको सपनाजस्तो मृत्युले शोकमा डुबेको छ । हामी सदा तपाईंलाई सम्झिरहने छौँ । साभार: लोकपाटी अनलाइन
प्रकाशित मिति: १५ फाल्गुन २०७५, बुधबार