पाकिस्तानले खसाल्यो दुई भारतीय लडाकु विमान !


 


काठमाडौँ, फागुन १५

पाकिस्तानले दुई भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ । पाकिस्तान शासित कश्मिर क्षेत्रमा भारतीय वायु सेनाका दुई वटा जेट विमान प्रवेश गरेसँगै गरिएको जवाफी कारबाहीमा ती विमान धवस्त भएको पाकिस्तानले जनाएको छ । सो घटनापछि एक जना भारतीय पाइलटलाई नियन्त्रणमा लिइएको पाकिस्तानको दाबी छ ।

पाकिस्तान सेनाका प्रवक्ता मेजर जेनरल असिफ गफुरले एउटा विमान पाकिस्तानी क्षेत्रमा खसेको र अर्को भारतीय भूमिमा नै खसेको जनाएका छन्।

प्रकाशित मिति: १५ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्