नेपालकै सबैभन्दा कान्छा २९ वर्षका युवा बने सिडिओ
काठमाडौं १५ फागुन– जाजरकोटका युवा २९ वर्षीय सुरेश सुनार प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनेका छन् ।
सुनारलाई गत साता सरकारले बझाङको सिडिओ बनाएर पठाएको हो । सुनार यसअघि बाँकेको सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत थिए । ६ वर्षअघि शाखा अधिकृतका रुपमा निजामति सेवामा प्रवेश गरेका उनले गत वर्ष लोकसेवा आयोगको परीक्षामा उपसचिवमा नाम निकालेका थिए । उपसचिव भएलगत्तै उनी बाँकेको सहायक प्रजिअ भए । सुनार नेपालकै सबैभन्दा कान्छा उमेरका प्रमुख जिल्ला अधिकारी हुन् ।
प्रकाशित मिति: १५ फाल्गुन २०७५, बुधबार