भारत र पाकिस्तानमा आपतकालीन बैठक चल्दै, युद्ध गर्न दुबै देश तयार


 


काठमाडौं फागुन १५
भारतले दोस्रो पटक सर्जिकल स्ट्राईक गरेपछि सो विषयमा अहिले नयाँ दिल्ली र पाकिस्तानी राजधानी इस्लामावादमा आपत्कालीन बैठक चलिरहेको छ। भारतको नयाँ दिल्लीमा प्रधानमन्त्री मोदी, रक्षा मन्त्री निर्मला सितारमण र अर्थमन्त्री अरुण जेट्लीबीच वृहद् वार्ता चलिरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उता पाकिस्तानमा पनि भारतीय वायुसेनाको कारवाहीको मध्यनजर गर्दै पाकिस्तानी विदेश मन्त्री शाह महमूद कुरैशीले इस्लामावादमा आपातकालीन बैठक बोलाएको रेडियो पाकिस्तानले जनाएको छ । कुरेईसीले भारतलाई चेतावनी दिँदै पाकिस्तानलाई चुनौती नदिन भनेका छन्। उनले पाकिस्तान सधैं शान्तिको पक्षमा रहेको आफूहरु पनि आतंकवादको विपक्षमा रहेको बताएका छन् ।

भारतमा मोदीले सुरक्षा सल्लाहकार अजित डोभालसँगै वरिष्ठ मन्त्रीहरुसँग समेत यस विषयमा छलफल गरिरहेका छन्। पाकिस्तानमाथि हमला गर्न गर्न गएको भारतीय युद्धपोत विमान पाकिस्तानले प्रतिकार गर्न खोजेपछि भारतीय विमान त्यसै फर्किएको पाकिस्तानको दावी छ । पाकिस्तान शासित कश्मिरको ४ माईल भित्रसम्म युद्धपोत विमान लिएर पुगेको भारतमाथि पाकिस्तानले प्रतिकार गर्ने प्रयास गरेको थियो । सोही क्रममा तोकिएको ठाउँमा नपुगि फर्किएको भारतीय युद्ध पोत विमानले हजार किलोको बम खसालेको पाकिस्तानी दावी छ ।

भारतले मंगलबार विहान ३ बजेतिर १२ मिराज २०००भारतीय लडाकू जेट विमानमा बम सहित पाकिस्तान शासित काश्मिरभित्र छिरेको थियो । सो विमानले फर्किने क्रममा ‘बालाकोट, चकोटी, मुजफ्फराबादमा रहेको आतंकवादी क्याम्पमा हमला गरेको बताएको छ । तर, पाकिस्तानी मिडियाहरुले भने बम खसालिएको ठाउँ जैस ए मोहम्मदको क्याम्प रहेको बारे खुलाएको छैन ।

उता, भारतीय मिडियाहरुले भने बम खसालिएको ठाउँ जैस ए मोहम्मदको क्याम्प नै रहेको दाबी गरेको छ । सो क्याम्पमा रहेका २०० लडाकू मरेको पनि भारतीय मिडियाको दाबी छ । पाकिस्तानी सेनाका प्रवक्ता जनरल आसिफ गफुरले ट्वीट गर्दै फर्किने बेलामा भारतीय जहाजले हतारमा विस्फोटक पदार्थ खसालेको स्वीकारेका छन् । तर सो आक्रमणमा २–३ सय मानिस मरेको भन्नेबारे भने उनले केही पनि उल्लेख गरेका छैनन् ।

उता, पाकिस्तानी सरकारी टेलिभिजन च्यानल पाकिस्तान टिभीले पनि मान्छे मरेको विषयमा केही उल्लेख गरेको छैन। पाकिस्तानले मंगलबार बिहान नै भारतीय जहाज ‘लाइन अफ कन्ट्रोल’ उल्लंघन गरी मुजाफारवादको पाकिस्तानी आकाशमा आएको र पाकिस्तानी वायु सेवाले प्रतिकार गरेपछि फर्किएको बताएको छ।

परमाणु हतियारमा भारतभन्दा बलियो छ पाकिस्तान, जान्नुहोस् सैन्य शक्तिमा को कति शक्तिशाली ?

भारत र पाकिस्तानबीच अहिले सबन्ध निकै बिग्रिएको छ । दुई साताअघि भारतको पुलावामामा आतंकवादी आक्रमण भएपछि बिग्रिएको यो सम्बन्ध आज झनै चिसिएको छ । गएराती भारतीय वायुसेनाले पाकिस्तानी सीमाभित्र पसेर बम खसालेपछि यी दुईबीचको सबन्धमा झनै ठूलो दरार परेको हो । अहिले भारत र पाकिस्तानबीच युद्धको आशंका पनि गरिएको छ ।

यी दुई देशबीच १९४७ देखि नै कश्मिर विषयमा विवाद छ । यदि यी दुई देशबीच युद्ध भइहाल्यो भने कुन देश शक्तिशाली होला भन्ने जिज्ञासा अहिले धेरैमा छ । इन्टरनेशनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिज (आइआइएसएस)ले हरेक देशको सैन्य शक्तिको तथ्यांक राख्ने गरेको छ । आउनुहोस् आइआइएसएसको तथ्यांकअनुसार जानौं कुन देश कति शक्तिशाली छ ।

बजेटः २०१८ मा भारतले ५८ अर्ब डलर अर्थात आफ्नो कूल ग्राहस्थ उत्पादनको २.१ प्रतिशत सैन्य बजेटको लागि छुट्याएको थियो । आइआइएसएसको तथ्यांकअनुसार भारतसँग १४ लाख जना सैनिक छन् । पाकिस्तानले २०१८ मा ११ अर्ब डलर अर्थात कूल ग्राहस्थ उत्पादनको ३.६ प्रतिशत बजेट सैन्य क्षेत्रका लागि छुट्याएको थियो । २०१८ मा पाकिस्तानले सय मिलियन डलर विदेशबाट सैन्य सहयोग पनि पाएको थियो । पाकिस्तानमा ६ लाख ५० हजार सैनिक छन् ।

स्टकहोम इन्टरनेशनल पीस रिसर्चइन्ष्टिच्युटका अनुसार ९९३ देखि २००६ सम्म पाकिस्तानले आफ्नो वार्षिक सरकारी खर्चको २० प्रतिशत सेनामा खर्च गरेको थियो । २०१७ मा पाकिस्तानले कूल सरकारी खर्चको १६.७ प्रतिशत सेनामा खर्च गरेको छ । ९९३ देखि २००६ सम्म भारतको सैन्य खर्च कूल सरकारी खर्चको १२ प्रतिशत थियो । २०१७ मा यो ९.१ प्रतिशत थियो ।

मिसाइल र परमाणु हतियारः भारत र पाकिस्तान दुवै परमाणु हतियार सम्पन्न देश हुन् । भारतसँग ए किसिमका अपरेशनल मिसाइल छन् । यसमा अग्नी ३ (३ हजार देखि ५ हजार किलोमिटर क्षमता) पनि समावेश छ । चीनको सहयोगबाट पाकिस्तानले पनि कैयौं परमाणु हतियार विकास गरेको छ जो भारतको कुनै पनि ठाउँमा आक्रमण गर्न सक्षम छन् । शाहीन २ पाकिस्तानको सबैभन्दा शक्तिशाली मिसाइल हो । भारतसँग १३० देखि १४० परमाणु बम छन् भने पाकिस्तानसँग १४० देखि १५० परमाणु बम छन् ।

अन्य हतियारः भारतसँग ३५६३ युद्ध ट्यांक छन् । यसका अलावा ३१०० इन्फेट्री लडाकू वाहन, ३३६ सशस्त्र पर्सनर क्यारिअर्स र ९७१९ तोप छन् । पाकिस्तानसँग २४९६ युद्ध ट्यांक छन् । १६०५ सशस्त्र पर्सनल क्यारिअर, ४४७२ तोप छन् ।

वायु सेनाः भारतसँग ८१४ कम्ब्याट एयरक्राफ्ट छन् । भारतको वायुसेनामा १ लाख २७ हजार २ सय सैनिक कार्यरत छन् । भारतसँग फाइटर जेटको भने समस्या छ । पाकिस्तानसँग ४२५ कम्ब्याट एयरक्राफ्ट छन् । तर, पाकिस्तानसँग चीनमा बनेको एफ सेभेन पीजी र अमेरिकामा बनेको एफ सिक्सटिन फाइटिङ फल्कन जेट पनि छन् । पाकिस्तानसँग यस्ता एयरक्राफ्ट पनि छन् जसले हवाइ खतराको सूचना दिन्छन् ।

जलसेनाः भारतीय नेभीसँग एउटा एयरक्राफ्ट क्यारिअर, १६ सबमरिन, १३ फ्रिगेट्स, ११०६ पट्रोल र कोस्टल कब्याट जहाज छन् । भारतीय नेभीमा ६७ हजा ७ सय सैनिक कार्यरत छन् । पाकिस्तानी नेभीसँग ९ फ्रिगेट्स, ८ सबमरिन, १७ पट्रोल र कोस्टल जहाज छन् ।

प्रकाशित मिति: १५ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्