भारतसंगको सिमाना बन्द नगर्ने हो भने नेपाल भन्ने देश नै रहदैन :(भिडियो) सहित


 


काठमाडौं फागुन १५
राजनीतिक विश्लेषक तथा स्तम्भकार । जन्म २०१६ कार्तिक, काठमाडौ । नेपाली राजनीति, इतिहास, संस्कृति र पहिचानबारे मूलधारको बुझाइमाथि प्रश्न गर्ने लेखक । राजनीतिशास्त्र, पत्रकारिता, मेडिकल साइन्स, जनप्रशासन र वनस्पति विज्ञानमा औपचारिक अध्ययन । ब्रेकिङ नेपाल, असहमति, असंगतिका लेखक । बिबिसी, कान्तिपुर, गोरखापत्रमा काम गरेका पुर्व पत्रकार ।

प्रधानमन्त्री केपी ओलीको एक वर्षे कार्यकाल: समृद्धिको जग बन्यो कि भ्रष्टाचार, बेथिति र अधिनायकवादको भन्नेबारे ? बिगतमा उनि (सम्बृद्धि’को सपनाबाट प्रभावित थिए) ओलीलाई बिगतमा गरेको प्रखर समर्थन र अहिले आलोचनाको कारणबारे ? ‘महान राजनेताका रुपमा ओलीसँग सही राजनीतिक आस्था, भिजन, आँट र दृष्टिकोण रहेको’ (२०७३ माघ १४ ‘म प्रधानमन्त्री हुँदा’ लोकार्पणमा) अहिले पनि यहि निष्कर्ष हो ? ३ वर्षअघि ओलीको राष्ट्रवादी अडानसंग नतमस्तक हुनु र अहिलेको मुल्याङ्कबारे ? ओलीको व्यक्तित्व र विशेषताबारे ? देशको राजनीतिक भविष्यबारे ? तमसोमा ज्योतिर्गमयमा राजनीतिक बिश्लेशक सौरभले भारत संगको सिमा बन्द नगर्ने हो भने कुनै दिन नेपाल भन्ने देश नै नरहने टिप्पणी गरेका छन ।

एपी वान एच डीको कार्यक्रम तमसोमा ज्योतिर्गमय कार्यक्रममा कार्यक्रम प्रस्तोता टीकाराम यात्री संगको संबादमा बिश्लेशक सौरभले यस्तो बताएका हुन ।

भारत भित्रै भारत र इण्डिया अलग-अलग सोच भएका दुई धार भएको टिप्पणी गर्दै सौरभले भारत धारले नेपाललाई हेर्ने नजर राम्रो भए पनि इण्डिया दास मानसिकता बाट आएको हुनाले उसले नेपाललाई पनि त्याहि किसिमको बेबहार गर्ने उनको तर्क छ ।

प्रधानमन्त्री ओली असफल भए पनि उनको विकल्पमा अन्य कोहि नेता नभएको हुदा बरु अन्य भन्दा ओलीबाट नै केहि होला भन्ने अपेक्षा गर्न सकिने उनको तर्क छ।

कार्यक्रम प्रस्तोता यात्रीले छोटोमा नेपालका नेताहरूको बिश्लेशणात्मक परिचयको सवालमा सौरभले बाबुराम भट्टराई नाम गरेका कोही नेता नै नेपालमा नरहेको बताए । यस्तै प्रचण्ड नेपालका सबैभन्दा चतुर तर राम्रो नचाहाने नेतामा पर्ने बताए ।

यता रामचन्द्र पौडेल, झलनाथ खनाल, बामदेव गौतम हरू राजनीति छाडेर भेडा चराउन गए हुने टिप्पणी गरेका छन । यस्तै बिश्लेशक सौरभले नेपालको राजनीतिक शक्तिमा प्रचण्ड हुन्जेल मेलम्चीको पानी नआउने पनि पक्का गरेका छन ।

भेनेजुयलाको बिषयमा सौरभले प्रचण्डले आफ्नो भन्दा पनि अरु कसैको भाषा बोलेको तर्क गरेका छन

प्रकाशित मिति: १५ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्