धनकुटाकी २० बर्षिया किशोरीको यस्तो अबस्था, गरिन यस्तो आग्रह…
धनकुटा फागुन १४
आर्थिक स्थिति अत्यन्तै कम्जोर भएर खुट्टाको उपचार गराउन समस्या भएपछि धनकुटा छथरकी उमा भट्टराईले सहयोगको अपिल गरेकी छिन् । छथर जोरपाटी गाउँपालिका वडा नं.३ की २० बर्षिया भट्टराई खुट्टामा भएको घाउका कारण लामो समय देखि अपांगता भएकीछन् ।
बिगत लामो समयबाट आफ्नो खुट्टामा समस्या आएदेखि विभिन्न अस्पतालमा उपचार गराउँदा ठिक नभए पनि राम्रो अस्पतालमा देखाउन पाए ठिक हुने आशा उनको छ ।
‘सबैले मद्दत गर्नुभयो भने सायद म उठेर हिड्न सक्ने थिए’– उनले सामाजिक सन्जाल मार्फत् भनेकी छन् । ६५ बर्षिय बुवा प्रेम बहादुर भट्टराई र ५७ बर्षिय फुल माया भट्टराईले समेत आफ्ना काईली छोरी भट्टराईको उपचारका लागि अपिल गरेका छन् ।
भट्टराईलाई सहयोगका लागि सम्पर्क नं ९८१९३८५७०६ मा सम्पर्क राख्न सकिने छ ।
प्रकाशित मिति: १४ फाल्गुन २०७५, मंगलबार