राजेश हमालद्वारा २ करोडको जग्गा दान


 


काठमाडौं फागुन १४
कलाकार राजेश हमालले ६० वर्षअघिदेखि नवलपरासीस्थित आफनो पुर्ख्यौली घरमा सेवा गर्न बसेका ४ विपन्न परिवारलाई २ करोड मुल्य बराबरको जग्गा प्रदान गरेका छन् । देवचुली नगरपालिका २ स्थित आफ्नो पुख्यौली थलोमा रहेका अति विपन्न परिवारलाई घरबासको लागि चार परिवारलाई आफनो नाममा रहेको जग्गा मालापेत कार्यालयवाट निशुल्क पास गरिदिएका छन् ।

हमालले आफ्नो हजुरआमाको समय देखि फलाम, कृषि तथा घरको काममा सहयोग गर्नेहरुलाई जग्गा प्रदान गरेका हुन् । भाई राकेश हमाल र सहयोगी सहित पुगेका हमालले तुल्सी बिकलाई २ कठ्ठा तथा विष्णु मर्दनिया, असमिया थारु र मन कुमारी घर्तीको परिवारलाई १०–१० धुर घरबासको लागि जग्गा प्रदान गरेको वडाध्यक्ष माधव केसीले जानकारी दिनुभयो ।

६० वर्षअघिदेखि राजेश हमालकी हजुरआमाले ति परिवारलाई आफनो घरमा काम गर्न राखेकी थिइन । आफनो घरपरिवारको हेर्चाहमा संलग्न ती पि्रवारले हमालकै जग्गामा घर बनाएर आश्रय दिइएको थियो । पुर्खौदेखि सहयोग गर्दै आएका विपन्न परिवार घरवार विहिन भएको थाहा पाएपछि आफुले उनीहरुको बसोबासको लागि जग्गा प्रदान गरेको महानायक हमालले बताउनुभयो ।

प्रकाशित मिति: १४ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्