पाकिस्तानमा हमलापछि मोदीको भाषण, ‘अब भारत सुरक्षित भयो !’


 


एजेन्सी नयाँदिल्ली : पुलवामामा भारतीय एयरफोर्सको हमलापछि प्रधानमन्त्री नरेन्द्र मोदीले अब भारत सुरक्षित रहेको अभिव्यक्ति दिएका छन् ।

पुलवामा हमलापछि पाकिस्तानमा छिरेर भारतीय सुरक्षाकर्मीले आतंकवादीलाई नष्ट गरेको दावी भारतीय मिडियाहरुले गर्दैआएका छन् । यद्यपि पाकिस्तानले मानवरहित क्षेत्रमा हमला भएको र त्यसबाट मानवीय क्षति नभएको बताएको छ ।

यही सन्दर्भमा भारतीय प्रधानमन्त्री मोदीले पहिलो पटक अब देश सुरक्षित हातहरुमा रहेको बताएका हुन् । मोदीले भाषणको क्रममा राष्ट्रवादी भावनाका अभिव्यक्ति दिइरहेका छन् ।

उनले ‘भारत माताकी जय !’ जस्ता नारा जनतालाई आफूसँगै पछ्याउन लगाएका थिए । ‘मेरो साथमा दुबै मुठ्ठी बन्द गरेर भन्नुस्, भारत माताकी जय !’ शिर निहुराएर ‘वीर सपुत’प्रति नमन गर्न पनि उनले आग्रह गरेका थिए । साथै उनले सन् २०१४ मा गरेको बाचा पूरा गरेको समेत जिकिर गरेका छन् । देशलाई झुक्न नदिने भन्दै आफूले यसअघि नै प्रण गरेकोमा प्रतिवद्ध रहेको उनको जिकिर थियो ।

प्रकाशित मिति: १४ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्