मौकामा भारतसँग प्रधानमन्त्री ओलीले खोजे निहुँ भने महाकाली सन्धी अनुसार भाग हुनुपर्यो


 


काठमाडौं । भारत र पाकिस्तानसँग तनाव बढिरहेका बेला छिमेकी मुलुक भारतप्रति प्रधानमन्त्री केपी शर्मा ओलीलेपनि प्रश्न गर्नुभएको छ । उहाँले नेपाल भारतबीच भएको महाकाली सन्धीअनुसार नेपालको भाग भारतले दिनुपर्ने माग यही मौकामा उठाउनुभएको छ । उहाँले नेपालले महाकाली सन्धीअनुसार पानी पाउनुपर्छ यो जोडदार माग गर्दछु भन्नुभयो । उहाँले राष्ट्रिय हित नछाड्न सम्बन्धित निकायलाई निर्देशन दिँदै यही मागमा अडिग हुन आदेश दिनुभयो ।

नेपाल र भारतका विज्ञहरुको संयुक्त तेस्रो बैठक भोलिदेखि काठमाडौंमा सुरु हुँदैछ । त्यसको अघिल्लो दिन पञ्चेश्वर बहुउद्धेश्यीय आयोजना कार्यान्वयनबारे जल तथा उर्जा आयोगको सचिवालयको विफ्रिङमा प्रधानमन्त्री ओलीले नेपाल–भारतस्तरीय छलफलमा देशको हित पक्षमा खुलेर आफ्ना कुरा राख्न निर्देशन दिनुभएको हो ।

२३ बर्ष अघि भएको महाकाली सन्धीअनुसार नेपालले चाँदनी–दोधारा क्षेत्रमा पाउनुपर्ने १० घनमिटर प्रति सेकेण्ड (३५० क्यूसेक) पानी हालसम्म नपाएको भन्दै उनले यस बिषयलाई गम्भिरताका साथ उठाउनुपर्ने बताउनुभयो । ‘हाम्रो पहिलो प्राथमिकता सन्धीको कार्यन्वयन हो । सन्धी अनुसार नेपालले १० क्यूमेक्स पानी पाउनुपर्छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो सिरानबाट नहर बग्ने तर, हाम्रा खेत बाँझै रहने स्थिति अब हुनुहँदैन ।’

१९ माघ २०५२ मा भएको महाकाली सन्धीको धारा ४ अनुसार नेपालको चाँदनी–दोधारा क्षेत्रको सिंचाइका लागि भारतले १० घन मिटर प्रति सकेण्ड पानी उपलब्ध गराउनुपर्छ । तर, भारतले अहिलेस्म्म यो सम्झौता कार्यान्वयन गरेको छैन । यदि यो कार्यन्वयन नगरे सम्झौता रद्ध गर्ने विषयमा समेत कुरा उठाउन प्रधानमन्त्रीले जोड दिनुभएको थियो । स्रोतका अनुसार सम्बन्धित निकाय र पदाधिकारीलाई माथी म छु नेपाल भारतसँग छलफल गर्दा राष्ट्रिय हितमा रहेर कुरा गर्न कुनै डर नराख्नुहोला भन्ने गरेको बुझिएको छ ।

प्रकाशित मिति: १४ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्