छुटे गोलीसहित पक्राउ परेका नेकपा नेता प्रकाण्डका छोरा…


 


विराटनगर फागुन १४
विमानस्थलबाट गोली सहित पक्राउ परेका विप्लव नेतृत्वको नेकपासंवद्ध विद्यार्थी नेता नरेन्द्रबहादुर सिंह विश्वकर्मा २५ दिनपछि छुटेका छन् ।विराटनगर विमानस्थलबाट काठमाडौं जाने क्रममा गत माघ १७ गते तीन राउण्ड गोलीसहित पक्राउ परेका विश्वकर्मा २० हजार धरौटी बुझाएर छुटेका हुन् । उनी नेकपासम्वद्ध अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष हुन् ।

नेतृत्वको प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डका छोरा नरेन्द्र जिल्ला प्रकाशन कार्यालय मोरङमा धरौटी बुझाएपछि काठमाडौं फर्किएका छन् । पार्टीको कामले माघ दोस्रो साता पूर्व आएका नरेन्द्र सुनसरी र मोरङको कार्यक्रमपछि माघ १७ गते साँझ काठमाडौं फर्किदै थिए ।

चेकजाँच गर्दा झोलामा तीन राउण्ड गोली भेटिएपछि पक्राउ परेका थिए । आफ्ना नेता पक्राउको विरोधमा विप्लव निकट विद्यार्थी संगठनले एक दिन शैक्षिक संस्था बन्द गरेका थिए ।

विप्लवको नेकपाले एकजनाको ज्यान जाने गरी देशभरि बम विष्फोटसहितका गतिविधि र आतंक मच्चाइ रहेका बेला बन्दुकको गोलीसहित पक्राउ परेका विश्वकर्मा रिहा भएका हुन् । विश्वकर्मा विप्लवको नेकपा निकटको अखिल क्रान्तिकारीको कोषाध्यक्ष समेत हुन् ।

प्रकाशित मिति: १४ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्