पाकिस्ताने भन्यो : हामीले प्रतिकार गरेपछि भारत भाग्यो


 


एजेन्सी, फागुन १४

भारतीय सेना पाकिस्तानी भूमीमा प्रवेश गरेपछि पाकिस्तानले त्यसको प्रतिकार गरेको छ। भारतले पाकिस्तानको सीमा क्षेत्रमा पसे पछि पाकिस्तानी सेनाले उसलाई भगाएको हो।

उसले भारतीय वायुसेनाले भारत–पाकिस्तान नियन्त्रण रेखा एलओसीको उल्लङ्घन गरेको दाबी छ। पाकिस्तानी सेनाका प्रवक्ताले भनेका छन् मुजफ्फराबाद सेक्टरबाट भारतीय विमानले घुसपैठ गर्ने प्रयास गरेका थिए। त्यसपछि पाकिस्तानी सेनाले कारबाही गरेको छ।

सामाजिक सञ्जाल ट्वीटरमा उनले भनेका छन्, ‘भारतीय विमानहरूले मुजफ्फराबाद सेक्टरबाट घुसपैठ गरे पाकिस्तानी वायु सेनाको तर्फबाट तत्काल कारबाही भयो त्यसपछि उनीहरू भाग्न थाले। भाग्दै गर्दा हडबडाएर उनीहरूले केही बम खसाएको पाकिस्तानी सेनाको दाबी छ। त्यो बम जंगलमा खसेको र त्यसमा कुनै मानविय क्षति नभएको पनि जनाइएको छ।

प्रकाशित मिति: १४ फाल्गुन २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्